Wednesday 30th September 2026

जजिराद्वारा कुवेत-भैरहवा दैनिक उडानको सुरुवात


तीतोपाटी- भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाकाप्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ ।

यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि नियमित उडान गरेको हो। खासगरी वैदेशिक रोजगारीमा जाने नेपालीले यो विमानस्थललाई आधार बनाएर सेवा लिइरहेका छन् ।

जजिराले भैरहवा हुँदै कुवेतबाट कतारसम्म सेवा दिने गरी सेवा जोडेको छ । गौतमबुद्ध विमानस्थलमा ३० अक्टोवरबाट बिज एयरवेजलेउडान गर्दैछ । यो दोस्रो वायुसेवा कम्पनी बन्नेछ । भैरहवाबाट आवुधाबीमा नियमित उडान गर्ने गरी यस कम्पनीले अनुमति लिएको छ ।

साभार अनलाइनखबर


सम्बन्धित शीर्षकहरु

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले घरबाट नियन्त्रणमा लिएर करिब १० घण्टापछि पुनः परिवारको जिम्मा लगाएको घटनाप्रति सर्वोच्च अदालत बार…

तिमी बोल्दैनौ,
 तर साँझको बतासले
 तिम्रो खबर ल्याइरहन्छ। 
झ्यालको पर्दा हल्लिँदा 
लाग्छ,
कसैले मेरो नाम 
बिस्तारै उच्चारण गर्‍यो। आकाशभरि तारा छन्,
…

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

प्रतिकृयाहरू
...