Monday 16th March 2026

कल्याणकारी नेपाली युवा समाजले दशहरा विशेष अल मुजैनी कप अन्तर नेपाली भलिबल प्रतियोगिता गर्ने


तीतोपाटी – कल्याकारी नेपाली युवा समाज कुवेतले आगामी २३ सेप्टेम्बर २०२२ शुक्रबारका दिन अलमुजैनी कप अन्तर नेपाली भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । अल मुजैनी एक्सचेन्जको प्रायोजनमा सम्पन्न गर्न लागिएको उक्त प्रतियोगिता अबु हलिफा स्थित स्टेडियममा हुने भएको छ । नेपालीहरूको महान चाड बडा दशैं (दशहरा) को छेको पारेर कल्याणकारीले ५ अाैं वार्षिक उत्सव तथा दशैं विशेष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको कल्याणकारी नेपाली युवा समाजका सल्लाहकार तथा
भलिबल प्रतियोगिता कार्यक्रमका संयोजक नबराज पराजुलीले तितोपाटी डट कम सँगको कुराकानीमा बताए ।

स्थापनाकालदेखि नै सामाजिक सेवा र खेलकुदका कृयाकलापहरू गर्दै आएको कल्याणकारीले यस अघि पनि अलमुजैनी एक्सचेन्ज सँगको सहकार्यमा खेलकुद प्रतियोगिताहरू सफल रूपमा सम्पन्न गरिसकेको छ भने यस पटक पनि अबुहलिफा स्थित ३० नं. एक्सप्रेस हाइवेसँगै जोडिएको सिग्नलको नजिक रहेको स्टेडियममा सो भलिवल प्रतियोगिता सम्पन्न गर्न लागेको हो ।

भलिबल प्रतियोगितामा सहभागिताको लागि आगामी २२ सेप्टेम्बर २०२२ बिहिबार साँझ ४ बजे देखि ६ बजेसम्म माहबुलाको भलिबल ग्राउण्डमै टाइसिट हुनेछ टाइसिट गरिनेछ भने इच्छुक नेपाली टिमले २१ कुवेती दिनार टिम दर्ता शुल्क बुझाएर प्रतियोगितामा सहभागी हुन सकिने कुरा कार्यक्रम संयोजक पराजुलीले बताएका छन् ।

उक्त प्रतियोगितामा विजेता टिमलाइ ट्रफी र नगद १५१ कुवेती दिनार पुरस्कार प्रदान गरिनेछ भने उपविजेता टिमलाइ ट्रफी र नगद १०१ कुवेती दिनार पुरस्कार तथा तेश्रो हुने टिमलाइ ५१ कुवेती दिनार र ट्रफ्रीको व्यवस्था गरिएको जनाउँदै उक्त भलिवल प्रतियोगितामा सहभागी भै खेलको मजा लिन तथा कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउन नेपाली राजदूतावास कुवेत, एनआरएनए कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, वुद्धिजीवि, समाजसेवी तथा खेलकुद प्रति रचि राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संयोजक पराजुलीले नेपाली अनुरोध गर्दै उक्त दिन कुनै पनि कार्यक्रमहरू नजुधाइदिनुहुन कुवेतमा कृयाशिल संघ संस्थाहरू तथा व्यक्ति व्यक्तित्वहरूलाइ अनुरोध गरेका छन्


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...