Thursday 19th March 2026

प्रवासी नेपाली मञ्च कुवेतको तेश्रो अधिवशेन पुनः राजु थापालाइ नै अध्यक्ष निर्वाचित गर्दै सम्पन्न


प्रवासी नेपाली मञ्च कुवेतको तेस्रो अधिवेशन कुवेतको सेफनौसाद सिग्नेचर रेस्टुरेन्ट फरवानियामा हिजो १२ अगष्ट २०२२ शुक्रबारका दिन भाैतिक उपस्थिति तथा अनलाइन भर्चुअ माध्यमबाट सम्पन्न भएको छ । अधिवेशनले राज कुमार थापाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ भने ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । विगत लामो समयदेखि अध्यक्ष रहेका राज कुमार थापा अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

तेस्रो अधिवेशनमा समारोह भाैतिक रूपमा राज कुमार थापाको अध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीको प्रमुख अातिथ्यता, जन सम्पर्क समितिका सभापति राजेन्द्र विरही, एनअारएनए मध्यपूर्व उप-संयोजक अमित चाम्लिङ राइ, एनअारएनए कुवेतका अध्यक्ष रणध्वज लामा, अाइसीसी सदस्य हरि लावती विशेष अातिथ्यता एवं अनलाइन भर्चुअल माध्यमबाट बिशिष्ट अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा विदेश बिभाग प्रमुख डा. राजन भट्टराई, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ्ग, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डे, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका पचारप्रसार बिभाग प्रमुख प्रभु थापा, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सल्लाहाकार परिषद अध्यक्ष सन्जय थापा, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य तथा मध्यपुर्व इन्चार्ज चानक पोख्रेल, प्रवासी नेपाली मञ्च मध्यपुर्व कमिटीका अध्यक्ष कमल गुरागाइ, प्रवासी नेपाली मञ्च मध्यपुर्व कमिटीका सचिव सालिकराम पन्त, प्रवासी नेपाली मञ्च मध्यपुर्व कमिटिका सचिवालय सदस्य झबिन्द्र प्रसाद बन्जाडे, प्रवासी नेपाली मंन्च अन्तराष्ट्रिय कमिटि सदस्य तिर्थ गैातमले विशेष अातिथ्यता रहेको थियो भने कुवेतस्थित संघ संस्थाका पदाधिकारी प्रतिनिधिहरू, पत्रकार, समाजसेवी, वुद्धिजीवि मञ्चमा अावद्ध दाजुभाइ तथा दिदीबहिनीहरूको समुपस्थिति रहेको थियो ।

अधिवेशन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम राजदूत भण्डारीले प्रवासमा रहेका राजनीतिक दलका भातृसंगठन हुन या अन्य संघ संस्था सबैले नेपालीको उन्नतीको लागि कार्य गर्नु पर्ने बताउँदै दूतावासले नेपालीहरुको हक हितको लागि कार्य गरिरहेको काम गरिरहेको बताउँदै सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाइ कम्पनीमा इमानदारीपूर्वक काम गर्न सुझाब दिंदै कुवेतको नियम कानुनलाई सम्मान गर्दै हरेक समस्याको समाधान तर्फ दूतावास लागि परेको छ भन्नु भयो । भाैतिक रूपमा शुभकामना मन्तव्य दिने वक्ताहरूहरूमा जन सम्पर्क समितिका सभापति राजेन्द्र विरही, एनअारएनए मध्यपूर्व उपमंयोजक अमित चाम्लिङ राइ, एनअारएनए कुवेतका अध्यक्ष रणध्वज लामा, अाइसीसी सदस्य हरि लावती लगायतका अतिथिहरू थिए ।

उद्घाटन सत्र र बन्द सत्र गरेर सम्पपन्न भएको अधिवेशतमा अनलाइन भर्चुअल माध्यमबाट प्रमुख वक्ता विदेश बिभाग प्रमुख डा. राजन भट्टराइले प्रवासबाट नेपालको राजनैतिक भुमिका उच्च रहने बताउदै आगामी संसदिय चुनाव केन्द्रित भुमिका निभाउन गरेका थिए भने अनलाइन माध्यमबाट सालिकराम पन्त-बहराइन, चानक पोख्रेल-कतार, तिर्थ गैातम- इजरायल, भक्त गुरुङ्ग -बेलायत ले सम्बोधन गरेका थिए ।

शंकर पाैडेलको संचालन र प्रेम कटवालको स्वागतमा सम्पन्न तेश्रो अधिवेशन समारोहको उद्घाटन सत्रलाइ समापन गर्दै अध्यक्ष राज कुमार थापाले प्रवासमा रहे पनि राजनीतिक चेतना सबैमा हुनुपर्ने भन्दै प्रवासी नेपालीहरूका समस्या समाधानमा मञ्चले सधैं सहकार्य र हातेमालो गरेर अघि बढेको बताउँदै दूतावास नहुनु र हुनुमा धेरै फरक भएको बताउँदै कुवेतमा दूतावास स्थापना पश्चात धेरै सहज भएको बताउँदै तेश्रो अधिवेशन सभ्य र भव्य रूपमा सफल बनाउन प्रत्यक्ष/परोक्ष रूपमा खट्नुहुने तथा अधिवेशन कार्यक्रममा सहभागी भएर सहयोग गर्नेहरू सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

प्रवासी नेपाली मञ्च कुवेतको तेस्रो राष्ट्रिय अधिवेशनबाट सर्वसम्मत र्निवाचित पदाधिकारि तथा सदस्य नामावाली

सल्लाहाकार

शिव कोइराला
रवि बन्जाडे
अमृत गुरुङ्ग
प्रेम कटवाल
सुन ब. तामाङ्ग
राजु कार्की
सन्तोष गुरुङ्ग
अक्कल मायाँ सुनुवार
डोल्ला तामाङ्ग
उत्तम थापा
भक्त प्रवासी

पदाधिकारि

अध्यक्ष – राज कुमार थापा
उपाध्यक्ष – अमृता बान्तवा
उपाध्यक्ष – रूपेन्द्र विक्रम हमाल
सचिव – शंकर पाैडेल
सहसचिव – विदुर कार्की
सहसचिव – तक बहादुर खड्का
कोषाध्यक्ष – हेमन्त नगरकोटी

सदस्यहरू
गुलाम नवि मन्सुर
चुडाराज भट्टराई
मनोज ढकाल
सन्त लम्साल
सन्दिप सर्मा
भुमिराज खनाल
नानुराज बराल
कमल ढकाल
भुपेन्द्र सारु मगर
कृष्ण घिमिरे
रतन गोरि
देवि परियार
बबिता बराईली
युवराज ढकाल
छबिलाल लामिछाने
गम.ब रोकाया
महमद आलमगिर अन्सारी
सिम्रन मोक्तान


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...