Thursday 14th May 2026

जिन्दगीको साहरा नै मृत्‍यु बोलाउने हतियार बनेपछि…


बिमला पण्डित – आजको हाम्रो नेपाली समाज मा किन ? विकृति बढ्दै छ। कतै सासु ससुरा घरको परिवार मिलेर मार्ने कतै श्रीमतीले मार्ने, त कतै के कतै के अनेकौ विकृति र बिसङ्तीको नेपाली समाजमा नेपाली आमा हरुलाई रुवाउने काम बढी भईरहेको छ।
पाले पुन्य मारे पाप आजबाट मेरी छोरीले हजुरको परिवारको सदस्यता प्राप्त गरेको छिन भनेर बुवा आमाले नख -नाता इष्ट मित्र सारा आफन्त देवी-देवता साक्षी राखी सुम्पेर बिदाई गरेको हुन्छन। त्यो बिदाई कार्यक्रममा एक युवतीले सबैको सामु एक असल पुरुषलाई जीवनको साहरा मानेर बुझेर पुजेर कती सपनाहरु सजाएर गएकी हुन्छिन तर ती सारा सपनाहरु सोचे भन्दा बिपरित भईदिदा जिन्दगी नै लथालिङ भताभुङ हुन पुग्छ।यो पिडा त भोग्नेलाई मात्र थाहा हुन्छ। यस्तो घटनाको समाचार पढ्ने सुन्ने पाठक श्रोता तथा दर्शकलाई त अच्चम लाग्छ भने भोग्नेलाई कती गार्हो भयो होला। त्यो कल्पना गर्न सम्म पनि सकिन्न ।

यो एक बारको चोलामा रिस आबेग र उत्तेजनालाई नियन्त्रणमा राख्न नसक्दा पर्ने जोखिम ब्यक्ति, परिवार, समाज र राष्टसम्मको प्रतिषठामा आच आईरहेको छ्। प्रत्येक आरोपहरु आँखाले नदेखेको तर सुनेको कुरामा विश्वाश गर्नु हुन्न। जीवन जिउन सक्यो ब्यवस्थापन गर्न जान्यो भने मानब जीवन जस्तो अरु प्राणीहरु छैन। जब सर्बश्रेष्ठ प्राणीहरु नै एक आपसमा झगडा गर्छन्, तछाड मछाड गर्छन् एकले अर्काको दु:ख पिडा बुझ्दैनन अहम र घमण्डले आफ्नो मानसिकता बिगारेर झै झगडा मारकाट सम्मको अकल्पनिय घटना निम्त्याउछन भने अन्य प्राणी भन्दा सर्बश्रेठ प्राणी भनेर कसरी उचाईको नाम दिनु । जीवनमा रमाइलो मनोरनजन भनेको मनमा खुशी मिलेपछी हुने कुरा हो। बालापन कती रमाइलो थियो त्यो समयमा मिठो खानु राम्रो लगाउनु साथी सङीसँग खेल्नु तनाब मुक्त जीवन भनेको नै बालापन हो।

जब बालापन पार गरिन्छ किशोर अवस्था आउछ यसरी युवा युवती हुँदै विवाह बन्धनमा बाधिन पुगिन्छ । त्यो बन्धन भित्र अनेकौ घुम्ती पार गर्नु पर्ने हुन्छ । चरा,चरीको जोडी जस्तो मिलेर बस्नु पर्ने सन्तान उत्पादन गर्नु पर्ने घर गृहस्थी समाल्ने बच्चाबची जन्माउने पालन पोषण गर्ने, हुर्काउने बढाउने र पढाउने फेरी पुन: कुमालेको चक्र झै आफ्नो बुढेस काल्को अवस्था आउछ । त्यो अवस्थासम्म को दु:ख सु;खको साथी भनेको नै यी जोइ /पोइ हुन । यती लामो यात्रा गर्नु छ जिन्दगीको यो यात्राामा उतार चढाब हुरी बतास आउन भन्न सकिन्न, आउछ तर पनि कति सहनशिल र धर्यताको जरुरत पर्दछ । बनेको घर,बनेको जोडी मिलेको परिवारलाई जुधाउने बझाउने अनाबश्यक आधारहिन कुराहरु सुनाएर बिछोड हुन वाध्य गराउने। हुँदा -हुँदै मारकाट सम्मको अवस्थामा ल्याउने कुरौटे र कान भरौटेहरु समाजको घिन लाग्दो दुश्मन भनेको यिनै हुन । यस्ता पाखण्डीको कुरा सुनेर आफु र आफ्नो जीवन साहरालाई नष्ट गर्नु भनेको पुन:मानब भएर यस धर्तिमा जन्म लिन नपाउनु हो।

जब हत्या हिंसा रोकिदैन एकले अर्कालाई बुझदैन यस्तै अबुझहरु शिक्षित भएर पनि आँखा चिम्लियर हतियार समाउने मुर्खहरु जसलाई सिध्याउनु र सिधिनु बाहेक अरु कुरा नै दिमाखमा आउँदैन सम्झौता गर्ने सक्ने शक्ती नै छैन भने त्यो मानबको रुपमा आएका एक दानब हो।यस्ताहरु आफू पनि बाच्दैन र अरुलाई पनि बचाउदैन अनी ह्रदय बिधारक घटनाको समाचार समाजमा छरि दिएर र जान्छन। हामी सोचौ कि तिनीहरु रुप धन सम्मान सबै पाएर पनि आफुभित्र घमण्ड रिस आबेग र घमण्डलाई नियनत्रण राख्न नसक्दा एक जीवन साथीले आफ्नै जीवन साथीलाई मार्छ । सबै भन्दा मिठो सबन्धलाई कती नराम्रो पार्छ । बिकल्प बाटोहरु पनि थिए तर सहनशिलताको कमी भए पछी कसको के लाग्छ।सोचौ बुझौ आखिर क्षणीक रिस कति बिष बन्न पुग्छ र नियन्त्रण गर्न नसक्दा समाजमा कति अपत्यारिलो घटना घट्न पुग्छ ।

सबै चकित पर्छन र् भाबी सन्तती आफ्नो र आफन्तलाई मानसिक असर पर्छ । हामीले यस्तो कु -क्रित्य गरेपछी न त मुक्ति पाइन्छ न त पुन मानव् जीवन पाइन्छ ।
रिस नियन्त्रण गरौ ।
सत्कर्म छोडेर मरौ ।

हाल कुवेत


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...