Thursday 6th August 2026

गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिता सिजन १ सुरु, २८ र २९ तारिख अडिसन हुने


दीपक गौतम/ जापान । जे एन सनराइज मिडिया प्रा लिद्वारा आयोजित गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिता सिजन १ को औपचारिक उद्घाटन गरिएको छ ।

यसै महिनाको २८ तारिख शनिवार देखि सुरु हुन लागेको गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिताको उद्घाटन कार्यवहाक राजदुत अम्बिका जोसीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जोसीले जुनसुकै ठाउमा गएपनि आफ्नो कला र संस्कृति भुल्न नसकिने उल्लेख गरे ।

कला र सस्कृतिको संरक्षण गर्दै बिदेशमा रहेका प्रतिभाहरुको पहिचान गर्ने उद्देश्यले यस्ता कार्यक्रमले निरन्तरता पाउने पर्ने बताउदै उनले गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगितालाइ १ सिजनमा मात्र सिमित नराख्न आग्रह गरे ।

जे एन सनराइज मिडिया प्रा लि द्वारा संचालित गोर्खाली भ्वाइस डट कमका प्रधान सम्पादक एबम् यस कार्यक्रमका निर्माता बिश्वास आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद एसिया प्यासेफिकका उप-संयोजक ददिवल खड्का, एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपाली ब्यबसायी समितिका अध्यक्ष बिजय थकाली, बिष्णुप्रसाद भट्ट, अनेसास जापानका अध्यक्ष रबिन शर्मा, लोक दोहोरी गीत प्रतिष्ठान जापानक अध्यक्ष सुर्य खड्का लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

शिक्षा शान्ति वाइवाले स्वागत गरेको कार्यक्रमको संचालन प्रतियोगिताका प्रस्तोता दिनेश गौतमले गरेका थिए ।

आयोजकले दिएको जानकारी अनुसार हाल सम्म ५० टिम दर्ता भएको र प्रतियोगिता सकिन करिव ३ महिना लाग्न सक्नेछ । प्रतियोगितामा प्रथम हुने समुहले ५० हजार र मेडल, दोश्रो हुनेलाई ३० हजार र मेडल र तेश्रो हुनेले २० हजार र मेडल प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

दर्ता भएका ५० समूह बाट उत्कृष्ठ १० समूह छानिने र उनीहरुबिचको प्रतिष्पर्धा बाट पहिलो दोश्रो र तेश्रो समूहको छनोट गरिने निर्णायक मण्डलका सुर्य खड्काले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा चर्चित गायक खड्का सहित टिका सानु र रामचन्द्र चन्द रहनेछन ।


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...