Wednesday 25th March 2026

जजिरा एयरको कुवेत-भैरहवा उडान आजदेखि, राजदूत भण्डारीद्वारा केक काटेर उद्घाटन


तीतोपाटी – कुवेत-काठमाडौं सिधा व्यवसायिक उडान भर्दै आइरहेको कुवेत वेस जजिरा एयरवेजले आज १५ मे २०२२ देखि कुवेत-भैरहवा व्यवसायिक उडान पनि भर्ने भएको छ । जजिरा एयरको कुवेत एयरपोर्ट स्थित मुख्यालयमा कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीले एक समारोहका विच केक काटेर कुवेत-भैरहवा सिधा उडानको शुभारम्भ गर्नु भएको हो ।

प्रमुख अतिथि महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले उद्घाटन मन्तव्य दिनुहुँदै कुवेत-काठमाडौं सिधा उडान भर्दै आएको जजिरा एयरले कुवेत-भैरहवा सिधान उडान शुरू गरेकोमा खुशी व्यक्त गर्दै यसले दुइ देश बिचको सम्बन्धलाइ अझ प्रगाढ बनाउने, दुइपक्षीय तथा बहुपक्षीय वाणिज्य व्यापार र पर्यटन प्रवर्धनमा विशेष महत्व राख्ने, नेपालको दक्षिण र पश्चिम भेगका यात्रुहरूलाइ यात्रा सहजीकरण गर्ने तथा त्यस क्षेत्रको समग्र विकासको लागि सकारात्मक प्रभाव पार्ने जनाउँदै छोटो समयमा उडान अनुमति लिएर उडान शुरू गरेकोमा नेपाली राजदूतावास कुवेत, आफ्नो व्यक्तिगत तथा कुवेतवासी सम्पूर्ण नेपालीहरूको तर्फबाट जजिरा एयर तथा सिंगो टिमलाइ बधाइ तथा शुभकामना दिनु भएको थियो ।

भरखरै मात्र निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान अनुमति लिएको जजिरा एयरले अहिलेको लागि हप्ताको ३ दिन उडान संचालन गर्ने भएको छ । यसका लागि भैरहवाबाट सोमबार, बुधबार र शुक्रबार बिहान २ः३० बजे उडान हुनेछ भने कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ः१५ अवतरण हुनेछ । त्यसै गरि कुवेतबाट मंगलबार, बिहिबार र शुक्रबार साँझ ६ः३० बजे उडान हुनेछ भने भैरहवामा विहान १ः४५ बजे अवतरण हुनेछ ।

सिंगो दूतावास परिवारको विशेष आतिथ्यतामा जजिरा एयरको उच्च व्यवस्थापन टिम, जजिरा एयरको प्रमोटर टिम र मार्केटिङ सपोर्टर मिडिया प्रतिनिधिहरूको कुवेत-भैरहवा सिधा उडान उद्घाटन समारोहमा उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...