Monday 12th October 2026

१ करोड ५० लाखसहित काठमाडौंबाट हुन्डी कारोबारी पक्राउ


तीतोपाटी डटकम-प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई पक्राउ गरेको हो ।

बागफस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो । सो क्रममा खानतलासी गर्दा अग्रवालको साथबाट १ करोड ५० लाख नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

प्रतिकृयाहरू
...