Saturday 3rd October 2026

पाकिस्तानको पेशाबरस्थित सिया मस्जिदमा बम विष्फोट, कम्तिमा ३० जनाको मृत्यु


तीतोपाटी – पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।

सरकारी अधिकारीहरुले अन्य ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। घाइतेहरूको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले अनुमान गरेका छन्।

आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा रहेका प्रहरीलाई गोली हानेर भित्र प्रवेश गरेको बताइएको छ । अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मा लिएका छैनन् ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...