Thursday 17th September 2026

रूसी आक्रमणमा परी १९८ युक्रेनीको मृत्यु


रूसले युक्रेनमाथि आक्रमण शुरू गरेको तेश्रो दिन पनि आक्रमण जारी राख्यो भने आक्रमणपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन् । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ । पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन् । घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ ।

देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खबर पठाए पनि उनले अस्वीकार गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उनलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उनले अस्वीकार गरेको जनाएका छन् ।

युक्रेनमा युक्रेनी र रुसी जातीय समूहबीच लामो समयदेखि विवाद रहेको छ । युक्रेनको जनसंख्याको १७ प्रतिशत रुसी छन् । त्यही जनसंख्या अहिले रुसको समर्थनमा देखिन्छ । सोभियतकालीन अन्य गणराज्यहरूमा पनि रुसी रहेका छन् । यस्तो जनसंख्या सबै ठाउँमा छरिएर रहेको छ ।

पश्चिमी भागमा बस्नेहरू आफूहरू युरोप नजिक भएको ठान्दछन् । युरोपसँग जोडिनुपर्छ भन्ने धारणा राख्छन् । पूर्वतर्फ बस्नेहरूमा भने रुससँग निकट भएको कारण मस्कोतर्फ सम्बन्धमा जोड दिन्छन्‚ जसले युक्रेनलाई विभाजित गरेको छ र त्यसले समस्या उत्पन्न गराएको हो । युक्रेन स्वतन्त्र भएदेखि नै कहिले युरोप नजिक त कहिले रूस नजिक भएकाहरूले सत्तासीन हुँदै अाएका छन् । सन २०१४ मा रूस नजिक रहेका राष्ट्रपति भिक्टर यानुकोभिकलाई युरोप निकटस्थ रहेकाहरूले अपदस्थ गरेपछि त्यहाँ समस्या चर्किएर गएको हो ।

उक्त समयमा राष्ट्रपति यानुकोभिकले युरोपेली संघसँग आर्थिक तथा सामाजिक रुपमा जोड्ने सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनीविरुद्ध श्रृङ्खलाबद्ध विरोध प्रदर्शन भएको थियो । प्रदर्शनहरू हिंसात्मक भए । उनी देश छाडेर भाग्नुपर्‍यो । यानुकोभिकविरुद्ध आन्दोलनमा पश्चिमाहरूको भूमिका रहेको धारणा मस्कोको छ । सोही कारण पनि युक्रेनमा यो अबस्था सिर्जना भएको हो ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...