Monday 26th October 2026

पासपोर्ट टिकट बिना जहाजमा युवक प्रवेश- सुरक्षा कमान्डर थापा निलम्बित


नेपाल वायु सेवा निगमले त्रिभुवन विमानस्थलभित्र सुरक्षा लापरबाही भएको भन्दै विमानस्थल सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ। कतार उडान भर्ने तयारीमा रहेको एक विमानमा सोमबार राति करिब १० : ५४ बजे एक यात्रु अनधिकृत रूपमा पुगेको घटना बाहिरिएपछि निगमले उनलाई कारबाही गरेको हो।

बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले थापालाई निलम्बन गरिएको जानकारी गराएको छ। सुरक्षा प्रमुखको त्रुटिका कारणले विमानस्थलजस्तो संवेदनशील ठाउँमा यस्तो घटना भएको निगमले जनाएको छ।

आयल निगमको डिपो रहेको क्षेत्रको तारबार नाघेर रौतहटका हस्पम आलम कतार उड्न लागेको नेपाल एयरलाइन्सको जहाजभित्रै पुगेका थिए। शंका लागेर जहाजका कर्मचारीले सोधपुछ र कागजात हेरेपछि उक्त कुरा थाहा पाएका थिए। प्रहरीले उनको मानसिक अवस्था ठीक नभएको बताएको छ। प्रहरीले ती व्यक्तिसँग सोधपुछ गर्दा विमान चढ्ने रहरले आफू त्यहाँ पुगेको प्रतिक्रिया दिएका छन्।

घटनाबारे जानकारी पाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त घटनाबारे छानबिन गर्न निगमलाई निर्देशन दिएका छन्। त्यस्तै विमानस्थलभित्र रहेको प्रहरी कार्यालयलाई पनि सुरक्षा अवस्था चुस्त राख्न निर्देशन दिएका छन्। निगमले उक्त घटनाबारे छानबिन गर्नका लागि क्याप्टेन विजय लामाको संयोजकत्वमा छानबिन उपसमिति गठन पनि गरेको छ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...