Monday 7th September 2026

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीको भेट- पर्ख र हेरको नीतिमा एमाले


एमसीसीका बारेमा  सत्ता गठबन्धनमा सहमति वा कुनै निर्णय हुन नसकेपछि कांग्रेस सभापति एबम प्रधानमन्त्री  शेरबहादुर देउवाले बिहिबार पत्नी आरजु राणा सहित  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निबास बालकोट पुगेका छन । बिहीबार  भएको प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष् ओलीको  भेटवार्तापछि एमाले तत्काल प्रतिक्रियाविहीन भएको छ ।

शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक रहेको अवस्थामा त्यसमा कस्तो छलफल हुन्छ र कस्तो प्रतिक्रिया आउँछ भनेर त्यसलाई मध्यनजर गर्ने एमालेको नीति रहेको  छ । सो अवसरमा प्रधानमंत्री देउवा र एमाले अध्यक्ष ओली बीच  वर्तमान राजनीतिक अवस्था र अमेरिकी अनुदान सहयोग एमसिसीका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

सत्ता गठबन्धनका कांग्रेस खुलेर एमसीसीको पक्षमा रहेको छ भने माओबादी केन्द्र, एकीकृत समाजबादी, जनमोर्चा खुलेरै बिरोधमा छन भने जसपाका बाबुराम भट्टराई खुलेर समर्थन गरेका छन ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...