Saturday 28th May 2022

सविता के. सी. को गजल संग्रह -६


त्यो भाग अनि म गुणा गर्दै थिएँ ।
भित्र-भित्रै दिल जलाइ मर्दै थिएँ ।

चिरा-चिरा हुँदै थियो अंशबण्डा ,
म भने बलेसी नजिक सर्दै थिएँ ।

अमिन नाप्दै थियो जिउनी भाग ,
फूलहरुबाट शीत बनी झर्दै थिएँ ।

कति बेला के भनी बर्बराएछु म ,
अब बाँच्छ भन्दा श्वास भर्दै थिएँ ।

बन्न पुगेछु आज जिउँदो लास झैँ ,
डराएर नै आफ्नो सीमा तर्दै थिएँ ।

… ✍️ सविता के.सी.


Loading...
सम्बन्धित शीर्षकहरु

बन्दना घिमिरे - लघुकथाकार अल्पविराम पोखरेलीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा '' नजराना'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई…

स्रष्टा परिचय नाम :गणेश नेपाली जन्मस्थान: बगनासकाली १ बगनास,पाल्पा बुवा:धनबहादुर नेपाली आमा:उत्तमकुमारी नेपाली शिक्षा:स्नातक पेसा: स्वास्थकर्मी प्रकासित कृति: छाती चर्किएपछि…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मितिः- २०७९/ ०२/१०…

प्रतिकृयाहरू