Wednesday 21st January 2026

एनआरएनए कुवेतले आयोजना गरेको भलिबलको उपाधि लुम्बिनी समाजलाई


तीतोपाटी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आयोजना र अलमुजैनी एक्सचेन्ज कुवेतको प्रायोजनमा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न भएको छ भने प्रतियोगितामा लुम्बिनी समाज नेपाल, कुवेतले नमस्ते नेपाली रेस्टुरेन्ट परिवारलाई हराउदै उपाधी जितेको छ ।

कुवेतको मंगाफ स्थित फाहाहिल स्पोर्टस क्लबमा भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी समाज र नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कडा प्रतिस्पर्धा संगै लुम्बिनी समाज बिजेता बन्न सफल भएको हो । प्रतियोगितामा नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार उपबिजेता बन्न सफल भएको छ भने समयाभावको कारण तृतीय स्थानको लागि खेल खेलाउन असम्भव भएपछि मोना कुवेत टीम र कल्याणकारी नेपाली युवा समाज कुवेत टीमलाइ संयुक्त रूपमा तृतीय पुरस्कार प्रदान गरिएको हो । प्रतियोगितामा उत्कृष्ट टीमको उपाधि कल्याणकारी नेपाली समाजले प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रथम हुने लुम्बिनी समाजले २०१ केडि नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको टीमले १२५ केडी, तृतीय हुने टीमले ५१ केडी नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट खेलाडी नरेन्द्र सारु र उत्कृष्ट स्पाइकर अच्युत श्रेष्ठले क्रमशः नगद २५ केडिसहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगितामा कल्याणकारी युवा समाज, नेपाल टिम, नमस्ते नेपाली रेस्टुरेन्ट खेल्कुद परिवार, लि म्याक एयरपोर्ट टिम, लुम्बिनी समाज नेपाल कुवेत, मोना कुवेत टिम, फाहहिल टीम र सोयबा नेपाली भलिबल क्लव गरि ८ टिम बिच प्रतिस्पर्धा भएको थियो । गैरआवासीय नेपाली संघले अंग्रेजी नयाँ बर्षको अवसरमा सो प्रतियोगिता गरेको हो । आयोजकले प्रतियोगितामा निशुल्क स्वास्थ्य जाँचको व्यवस्था पनि गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...