Sunday 29th March 2026

एनआरएनए कुवेतले आयोजना गरेको भलिबलको उपाधि लुम्बिनी समाजलाई


तीतोपाटी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आयोजना र अलमुजैनी एक्सचेन्ज कुवेतको प्रायोजनमा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न भएको छ भने प्रतियोगितामा लुम्बिनी समाज नेपाल, कुवेतले नमस्ते नेपाली रेस्टुरेन्ट परिवारलाई हराउदै उपाधी जितेको छ ।

कुवेतको मंगाफ स्थित फाहाहिल स्पोर्टस क्लबमा भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी समाज र नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कडा प्रतिस्पर्धा संगै लुम्बिनी समाज बिजेता बन्न सफल भएको हो । प्रतियोगितामा नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार उपबिजेता बन्न सफल भएको छ भने समयाभावको कारण तृतीय स्थानको लागि खेल खेलाउन असम्भव भएपछि मोना कुवेत टीम र कल्याणकारी नेपाली युवा समाज कुवेत टीमलाइ संयुक्त रूपमा तृतीय पुरस्कार प्रदान गरिएको हो । प्रतियोगितामा उत्कृष्ट टीमको उपाधि कल्याणकारी नेपाली समाजले प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रथम हुने लुम्बिनी समाजले २०१ केडि नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको टीमले १२५ केडी, तृतीय हुने टीमले ५१ केडी नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट खेलाडी नरेन्द्र सारु र उत्कृष्ट स्पाइकर अच्युत श्रेष्ठले क्रमशः नगद २५ केडिसहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगितामा कल्याणकारी युवा समाज, नेपाल टिम, नमस्ते नेपाली रेस्टुरेन्ट खेल्कुद परिवार, लि म्याक एयरपोर्ट टिम, लुम्बिनी समाज नेपाल कुवेत, मोना कुवेत टिम, फाहहिल टीम र सोयबा नेपाली भलिबल क्लव गरि ८ टिम बिच प्रतिस्पर्धा भएको थियो । गैरआवासीय नेपाली संघले अंग्रेजी नयाँ बर्षको अवसरमा सो प्रतियोगिता गरेको हो । आयोजकले प्रतियोगितामा निशुल्क स्वास्थ्य जाँचको व्यवस्था पनि गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...