Thursday 25th April 2024

एक करोड पचास लाख बराबरको अवैध सामग्री बरामद


तितोपाटी- जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो ।
प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले गत मङ्सिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हाल्नुभएको थियो । गतमङ्सिर महिनामा रु एक करोड १३ लाख ७० हजार ९३७ र यही पुस महिनाको १० गतेसम्म रु ३४ लाख १७ हजार ८०० बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ ।
सोही अवधिमा स्रोत नखुलेको रु १८ लाख नेपालीसहित दुई जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । विभिन्न मुद्दामा फरार रहेका सात फरार प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको उहाँको भनाइ छ ।
सात फरार प्रतिवादीबाट जरिवानास्वरुप रु एक लाख ७५ हजार ५९९ सङ्कलन गरिएको छ । प्रहरी उपरीक्षक बस्नेतले कर्तव्यनिष्ठ भएर जिम्मेवारी बहन गर्न सम्पूर्ण मातहतका युनिटलाई निर्देशन समेत दिनुभएको छ ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...