Friday 11th September 2026

साउदी अरबमा पनि भेटियो ‘ओमिक्रोन’ भेरिएन्ट


तीतोपाटी – साउदी अरबको स्वास्थ्य मन्त्रालयले बुधबार उत्तर अफ्रिकी देशबाट आएका एक साउदी नागरिकमा कोभिड-१९ को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ।

मन्त्रालयले भनेको छ संक्रमित नागरिक र उनीसंग नजिकको सम्पर्कमा रहेकाहरूलाई सम्बन्धित स्वास्थ्य प्रक्रियाहरू अबलम्बन गरी अलग्गै राखिएको छ।
साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड बिरुद्दको खोपलाई निरन्तरता दिदै सावधानीका उपायहरू, रोकथामका उपायहरू र स्वीकृत गरिएका स्वास्थ्य मापदन्डहरु पालना गर्न सबैलाई अनुरोध गरेको छ।

साउदी अरेबियाले गत आइतबारदेखी मलावी, जाम्बिया, मेडागास्कर, अंगोला, सेशेल्स, मौरिसस र कोमोरोसबाट आउने र त्यहा जाने उडानहरू रद्द गरेको छ।

फोटो साभारः अरब टाइम्स


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...