Tuesday 27th October 2026

१२ नेपाली महिलालाई केन्यामा तस्करी गर्ने क्यानडेली व्यवसायीलाई ३० वर्ष जेल


तितोपाटी- क्यानडेली व्यवसायी असिफ अमिरअली अलिभाइ जेठालाई १२ नेपाली महिलाहरु केन्या तस्कर गरेको अभियोगमा पक्राउ गरि ३० वर्षको जेल सजाय सुनाइएको छ । तस्करीका साथै उनीमाथि यात्राका कागजातहरु दुरुपयोग गरेको र मानव तस्करीको प्रचार गरेको समेत आरोप रहेको छ । उनीसँग क्यानडा र ब्रिटेन दुई देशको पासपोर्ट थियो ।
शान्जु कानुन अदालतले उनलाई तीनवटै अभियोगका लागि ३० वर्षको कूल सजायँ सुनाएको छ । यति मात्र नभएर जेठालाई एक देखि दश लाख सोमाली शिलिङको जरिवाना पनि लगाइएको छ । उनले वर्क परमिट बिना व्यवसाय सञ्चालन गर्ने गरेको र अवैध रुपमा विदेशीहरुलाई नियुक्त गर्ने गरेका थिए ।
अदालतका अनुसार जेठाले शोषण गर्ने उद्देश्यले नेपाली चेलीहरुलाई नजरबन्दमा राखेका थिए ।अन्तर्राष्ट्रिय संगठित अपराधिक युनिटका अनुसन्धानकर्ताहरुले २०१९ मा मोम्बासास्थित उनको रंगीला ग्रिल एण्ड बारमा छापा मारेर सबै चेलीहरुको उद्धार गरेको हो । उनीहरुलाई ‘डान्सर’ का रुपमा काम गराउन जेठाले केन्यासम्म तस्कर गरेको बताइएको छ । उद्धार गरिएका मध्ये दुईजना १६ र १७ वर्षीया किशोरी पनि थिए भने आठजना २२ देखि २६ वर्ष उमेरका थिए अनि बाँकी दुईजना ३० वर्षीय महिला थिए ।बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

इजरायलमा मंगलबार सम्पन्न हुन थालेको संसदीय चुनावलाई देशको हालैको इतिहासकै सबैभन्दा महत्वपूर्ण चुनावमध्ये एक मानिएको छ। यो चुनावले प्रधानमन्त्री बेन्जामिन…

भारतविरोधी राष्ट्रवादको युग सकिएको टिप्पणीप्रति आलोचना, मन्त्रीको अभिव्यक्तिले नेपालको कूटनीतिक संवेदनशीलतामाथि प्रश्न उठायो काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा आयोजित…

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले…

प्रतिकृयाहरू
...