Sunday 4th October 2026

वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाइन्छ : मन्त्री श्रेष्ठ


तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाइने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ-काठमाडौं सम्पर्क मञ्चद्वारा
आयोजित भेलामा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाएर व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने प्रतिवद्धता जनाए ।मन्त्री श्रेष्ठले सरकारले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको समेत बताएका छन् । कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरु प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्की लगायतले नेकपा (एस)को पक्षमा जनलहर आएको बताए ।

भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेकपा (एस) तनहुँ–काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा एमाले–कांग्रेसलगायत पार्टी परित्याग गरि नेकपा (एस) मा प्रवेश गरेका ५३ जनालाई पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...