Tuesday 27th October 2026

वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाइन्छ : मन्त्री श्रेष्ठ


तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाइने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ-काठमाडौं सम्पर्क मञ्चद्वारा
आयोजित भेलामा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाएर व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने प्रतिवद्धता जनाए ।मन्त्री श्रेष्ठले सरकारले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको समेत बताएका छन् । कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरु प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्की लगायतले नेकपा (एस)को पक्षमा जनलहर आएको बताए ।

भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेकपा (एस) तनहुँ–काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा एमाले–कांग्रेसलगायत पार्टी परित्याग गरि नेकपा (एस) मा प्रवेश गरेका ५३ जनालाई पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

इजरायलमा मंगलबार सम्पन्न हुन थालेको संसदीय चुनावलाई देशको हालैको इतिहासकै सबैभन्दा महत्वपूर्ण चुनावमध्ये एक मानिएको छ। यो चुनावले प्रधानमन्त्री बेन्जामिन…

प्रतिकृयाहरू
...