Thursday 28th March 2024

सुर्खेतबाट काठमाडौं आइरहेको बस दाङमा दुर्घटना, २९ यात्रु घाइते


तितोपाटी- सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो। बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनकाअनुसार तीन जना घाइतेको अवस्था गम्भीर छ।उनीहरूलाई उपचार गर्न राति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ। केही घाइतेको लमहीमै उपचार भइरहेको छ। थप चार घाइतेलाई भने उपचार गर्न कोहलपुर मेडिकल कलेज नै पठाइएको छ।
बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो। गए राति पौने २ बजेति बस दुर्घटनामा परेको थियो।
बसमा ३९ जना यात्रु सवार थिए।


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...