Thursday 28th March 2024

पाल्पा साहित्य समाजको वार्षिक दिवस प्रतिभा सम्मान एवं कृति विमोचन गरि सम्पन्न


पाल्पा साहित्य समाजले आफ्नो स्थापनाको २७ औं बार्षिक दिवस प्रतिभा सम्मान एवं कृति विमोचन संगै सम्पन्न गरेकोे छ । कार्यक्रम समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, बौद्ध बिद्वान छत्रराज शाक्यको प्रमुख अातिथ्यता, देउराली सा्स्कृतिकअध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीको विशेष अातिथ्यता एवं साहित्यिक क्षेत्रका अग्रजहरूको अातिथ्यता तथा साहित्यका विभिन्न विधाका साहित्यकारहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

समाजले २७ औं वार्षिक दिवस समारोह ,१७२ औं छविलाल नेपाल जन्मजयन्ती, ११९ औं माधव प्रसाद देवकोटा जन्मजयन्ती समारोहको अवसरमा आयोजित साहित्यिक कार्यक्रमको प्रमुख अतिथि बौद्ध बिद्वान छत्रराज शाक्य, बिशिस्ट अतिथि देउराली सा्स्कृतिकअध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउराली द्वारा कृति बिमोचनका साथै सष्टाहरूलाई सम्मान एवं पुरस्कार बितरण गर्दै सम्मानित व्यक्तित्वको सुदीर्घजीवनको कामना सहित समाजको उत्तरोत्तर प्रगतिको कामना गरे । यसैगरी समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले पाल्पा साहित्य समाज हामी सबैको साहित्यिक धरोहर रहेकोले सबैको सहयोगको अपेक्षा गर्दै फरक किसिमले कार्यक्रम आयोजना गर्दै जाने बताए ।

समाजले हरेक वर्ष प्रदान गर्दै आएकोपाल्पाली आदिकवि छविलाल नेपाल पाल्पाली प्रतिभा पुरस्कार भूगोलविद लेखक विनोद प्रसाद श्रेष्ठ, इन्द्रराधा भारती सामाजिक सेवा सम्मान समाजसेवी तुलशी कुमारी श्रेष्ठ र पासास सम्मान अविश्रान्त कर्मशिल साहित्यकार देवेन्द्रराज शाक्यलाई प्रदान गरेको छ ।समाजले हालसम्म साहित्य र समाजसेवामा गरी सयौं व्यक्तित्वहरूलाई सम्मान गरिसकेको छ ।

साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित कृति “अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्य“ ( जीवनी व्यक्तित्व र कृतित्व ) माथि समीक्षा गर्दै समीक्षक महेन्द्र पन्थीले देवेन्द्रराज शाक्यको बिबिध पाटाहरूको प्रकाश पार्दै कृतिका सबल र सुधारात्मक पक्ष माथि गहन समीक्षा गरेका थिए ।पाल्पामा जन्म भइ बुटवलमा कर्म गर्दै आएका देवेन्द्रराज शाक्यका हालसम्म डेढ दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् । लेखक अथकका हालसम्म उपन्यास , कथा, कविता, गजल, सुसेली, नाटक ,जीवनी र शैक्षिक पुस्तकहरू समेत गरी १७ वटा कृतिहरू प्रकाशित भएका छन् । बार्षिक दिवस/ प्रतिभा सम्मान / विमर्श कार्यक्रममा साहित्यकार टंक पन्थ , पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराई , प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझी सम्मानित व्यक्तित्व तुलशी कुमारी श्रेष्ठ , राजेन्द्र गोपाल सिह , मदन देउरालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पाल्पा उधोग बाणिज्य संघको सभा कक्षमा आयोजित कार्यक्रम समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, सल्लाहकार चित्रवली राम सुवालको स्वागत र कोषाध्यक्ष पुरूषोत्तम अर्यालको संचालनमा सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...