Sunday 23rd August 2026

शिर्ष नेताहरुको उपस्थितिमा योगगुरु रामदेवको दुइ टेलिभिजन उद्घाटन


तितोपाटी- पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन बिहिबार काठमाडौं आएका भारतीय योगगुरु बाबा रामदेवले शुकबार नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन् । शुक्रबार राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो ।

प्रधानमन्त्री देउवाले उद्घाटन गरेको उक्त कार्यक्रममा देउवासहित काँग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु सहभागी छन् ।हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।
यस्तै योगपीठले आजै स्वदेशी समृद्धि कार्डको प्रारम्भ पनि गरेको छ । उद्घाटन कार्यक्रममा भारतीय मन्त्री नितिन गडकरी पनि भर्चुअल माध्यामबाट सहभागी भएका छन् । प्रधानमन्त्री देउवाले यसलाई पनि लन्च गरे । पतञ्जलीको सेवा केन्द्रबाट सामान खरिद गर्दा ५ प्रतिशत छूट मिल्ने र यसमा ५ लाखसम्मको बिमा समावेश हुने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...