Saturday 2nd May 2026

कृष्णनगरमा सुरक्षा घेरा भित्र दुर्गा भगवतीको मूर्ति विसर्जन


तितोपाटी- शान्ति सुरक्षामा अत्यन्तै संवेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा सुरक्षा घेरामा दुर्गा भगवतीको मूर्ति शनिबार विसर्जन गरिएको छ। विजयादशीको नवरात्रीको पहिलो दिन नै कृष्णनगरमा दुर्गा भगवतीको मूर्ति प्रदर्शनका लागि निकालिएको थियो।

कृषण्गनर बजार क्षेत्रमा यस वर्ष एक दर्जन मूर्ति निकालिएको थियो। कृष्णनगरमा मूर्ति विसर्जनकाक्रममा विगतका वर्षहरुमा साम्प्रदायिक घटना भएको थियो। २०७६ सालमा त्यहाँ मूर्ति विसर्जनका बेला एक जनाको मृत्यु हुनको साथै कैयो घाइते भएका थिए।

२०७७ सालमा कोरोनाका कारण निकै कम मूर्ति निकालिएको थियो। यस वर्ष फेरि संभावित घटनालाई रोक्न कृष्णगनर बजार क्षेत्रदेखि मूर्ति सेलाउने स्थान सुरई नदीसम्म ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो। शनिबार बिहानै प्रजिअ चक्रपाणी पाण्डेय, प्रहरी उपरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक डिबि कार्की, प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीसहितको टोली समेत कृष्णगनर पुगेका थिए।

शनिबार कृष्णगनर क्षेत्रमा मूर्ति विसर्जनकाक्रमा नेपाल र सशस्त्र प्रहरी गरी ३ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए। यस वर्ष पनि त्यहाँ हुन सक्ने संभावित घटनालाई मध्यनजर गरी नवरात्र भर त्यहाँ ठूलो मात्रमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। कृष्णनगरमा हुन सक्ने संभावित दंगालाई रोक्न मूर्ति विसर्जन दिउँसो ४ बजे नै गरी सक्नु पर्ने नगर प्रमुख रजत प्रताप शाहसहितको सर्वपक्षीय समितिले निर्णय समेत गरेको थियो

यस्तै बिहीबार भारतको नौगढमा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा सीमा क्षेत्रमा असोज २९ र ३० गते मदिरा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय गरेको थियो। मूर्ति विसर्जन शान्तपूर्वक सम्पन्न गर्न कृष्णनगर क्षेत्रमा सिसि टिभिले समेत निगरानी गरिएको थियो। प्रजिअ चक्रपाणी पाण्डेयले मूर्ति विसर्जनकाक्रममा हुन सक्ने संभावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको बताए।

मूर्ति विसर्जनकाक्रममा कही कतै अप्रिय घटना नभएको उनले बताए। कृष्णगनरका मेयर रजत प्रताप शाह मूर्ति विसर्जनमा आफै सहभागी भएका थिए। उनले सबैको प्रयासले यस वर्ष कृष्णगनरमा शान्तपूर्वक मूर्ति विसर्जन भएको बताए।नागरिन्युजबाट


सम्बन्धित शीर्षकहरु

शताब्दी पुरानो बुद्ध मूर्ति आफ्नो जन्मथलोमा फर्किएपछि काठमाडौँको एउटा प्राचीन मन्दिर परिसर शुक्रबार भावुक वातावरणले भरिएको थियो। दशकौँअघि चोरी भएर…

जन-जागृति युवा समाज कुवेतले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा मृगौला पीडित एक श्रमिकलाई नेपाली रूपैयाँ ५० हजारभन्दा बढी…

राष्ट्रपतिको कार्यालय अहिले केवल औपचारिक संस्था होइन, नेपालको संवैधानिक शक्ति-सन्तुलनको केन्द्रबिन्दु बनेको छ। Ram Chandra Poudel ले मन्त्रिपरिषद्ले सिफारिस गरेका…

प्रतिकृयाहरू
...