Tuesday 27th October 2026

अमेरिकी राजदूत बेरीले लगाए दसैंको टीका


तितोपाटी- नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दसैंको टीका ग्रहण गरेका छन्। उनले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा टीका ग्रहण गरेका हुन्।

राजदूत बेरीले दूतावासमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। आफूले टीका ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको थियो। तर साइत नकुर्नेहरूले भने बिहानैदेखि टीका लगाइरहेका छन्।

नवरात्रको पहिलो दिन घटस्थापनादेखि सुरु हुने दसैंको आज विशेष तथा प्रमुख दिन हो। आज मान्यजनबाट आशीर्वादसहित टीका तथा जमरा लगाउने चलन रहेको छ।

टीका कोजग्रत पूर्णिमासम्म लगाउने चलन रहेको छ। अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...