Monday 24th August 2026

अमेरिकी राजदूत बेरीले लगाए दसैंको टीका


तितोपाटी- नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दसैंको टीका ग्रहण गरेका छन्। उनले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा टीका ग्रहण गरेका हुन्।

राजदूत बेरीले दूतावासमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। आफूले टीका ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको थियो। तर साइत नकुर्नेहरूले भने बिहानैदेखि टीका लगाइरहेका छन्।

नवरात्रको पहिलो दिन घटस्थापनादेखि सुरु हुने दसैंको आज विशेष तथा प्रमुख दिन हो। आज मान्यजनबाट आशीर्वादसहित टीका तथा जमरा लगाउने चलन रहेको छ।

टीका कोजग्रत पूर्णिमासम्म लगाउने चलन रहेको छ। अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...