Monday 21st September 2026

एनआरएनएको १० औं विश्व सम्मेलन र निर्वाचन स्थगित


तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको हो ।

क्षेत्रीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिए पछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन् ।

भर्चुयल माध्यमबाट अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयबाट प्राप्त पत्रमाथि आवश्यक कानुनी परामर्श गर्ने समेत निर्णय गरेको छ ।

संघको महाधिवेशन अक्टुबर २३ देखि २५ मा हुने तय भएको थियो । तर गैरआवासीय नेपाली संघको अध्यक्ष प्रत्यासी कुल आचार्य समूहले परराष्ट्र मन्त्रालयमा प्रतिनिधि छनोटमा विवाद गर्दै उजुरी गरे पछि मन्त्रालयले अधिवेशन रोक्न पत्राचार गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

चीनको फोशान शहरस्थित एक कपडा (टेक्सटाइल) कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते…

पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार…

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

प्रतिकृयाहरू
...