Sunday 4th October 2026

उत्तर कोरियाद्वारा फेरि अर्को आणविक क्षेप्यास्त्र परिक्षण


तीतोपाटी – उत्तर कोरियाले फेरि अर्को हाइपरसोनिक आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तरले ह्वासङ–८ नाम गरेको नयाँ आणविक क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन्। परीक्षण गरिएको उक्त क्षेप्यास्त्र जापानको समुद्रमा खसेको थियो।

ह्वासङ्-८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका ‘महत्त्वपूर्ण पाँच हतियार’ प्रणाली मध्ये एक भएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्। यस्ता क्षेप्यास्त्रमा आणविक अस्त्र ‘फिट’ गर्न मिल्छ।

प्रतिबन्धबीच उत्तरले एकपछि अर्को आणविक अस्त्र परीक्षण गरिरहेको छ। उसले यसै महिना तेस्रो मिसाईल परीक्षण गरेको थियो। उत्तरले नयाँ प्रकारको क्रुज मिसाईल र नयाँ व्यालिष्टिक मिसाइल प्रणाली यसअघि नै सार्वजनिक गरिसकेको छ।

गत जनवरीमा उत्तर कोरियाली नेता किम जोङ उनले आवाजबाट चल्ने हतियार विकास गर्न लागेको बताएका थिए। आफ्नो एक सम्बोधनमा उनले उत्तरले विकसित गर्न चाहेका अन्य अत्याधुनिक हतियारको नामसमेत सार्वजनिक गरेका थिए। उत्तर कोरियालाई निशस्त्र पार्ने विषयमा अन्तर्राष्ट्रिय समुदायबीच भएका छलफल अहिले रोकिएका छन्।

विश्व समुदायको बिरोध बाबजुद उत्तरले नयाँ आणविक हतियार विकसित गरिरहेको छ। उत्तरले पछिल्लो पटक परीक्षण गरेको आणविक हतियारबारे अध्ययन गरिरहेको अमेरिकी सेनाले एक विज्ञप्तिमार्फत भनेको छ। तर, सो हतियारले अमेरिका र उसका सहयोगी राष्ट्रलाई कुनै असर नगर्ने उसले प्रष्ट पारेको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...