Thursday 25th April 2024

लघुकथाकार सरला शर्माको लघुकथा “भविष्य” को पाठकीय टिप्पणाी


बन्दना घिमिरे – लघुकथाकाे उर्वरभुमि चितवनकी स्थायी बासिन्दा लघुकथाकार सरला शर्माले आज मिति २०७८/६/१४ गते हाम्राे लघुकथा पाठशाला फेसबुक पेजकाे भित्ताेमा प्रेषित गर्नु भएको लघुकथा ” भविष्य ” पढेपछि मेराे मनमा आएका भावनाहरुलाई पाठकीय धर्म निभाउदै टिप्पणीकाे रुपमा यहाँ राख्ने जागँर चलाएकी छु ।

लघुकथाकार सरला शर्मासँग साक्षात्कार नभएपनि कथाकाे माध्यमबाट मैले उहाँलाई चिनेकी छु । मार्च १६, २०२० देखि हाम्राे लघुकथा पाठशालामा जाेडिएर सक्रिय पाठककाे रुपमा रहदै अगस्ट २०२१ देखि कथाहरु प्रेषित गर्दैआउनु भएको छ । राम्रा पुस्तकहरु पढने उहाँको रुचि रहेकाे छ । उहाँ माता शुसिला कट्टेल र पिता पण्डित भिम प्रसाद कट्टेलकाे सुपुत्रीकाे रुपमा २०२४ सालमा गाेरखामा जन्मनु भएको हाे ।

लघुकथा “भविष्य ” मा मुख्यपात्र गृहणी म पात्र रहेकी छन् भने धेरै संख्यामा अन्य पात्रहरु रहेका छन् । कथा दुई तीन घण्टाकाे सेराेफेराे भित्र रहेकाे छ । मपात्र पुस्तक पढन भन्दा सडक र बजारका विभिन्न पात्रहरु पढनमा रुचि राख्छिन । एकदिन मपात्र तेलपेल्न मिलमा गईन् । कुर्सीमा बसेर आफ्नो रुचि अनुसार बजारको चहलपहल र रमाइलो हेर्न थालिन् ।

साँझकाे समयमा मपात्रकाे आँखा एउटा निम्न मध्यम बर्गले खाजा खाने खाजाघरमा गयाे । उनले आफ्नो ताेरी पेल्ने पालाे आउन अझै समय लाग्ने अड्कल गरिन् । मनमनै अलिढिलाे गरि पालो आउदा खुसी भईन् किनकि घरमा पालाे ढिलाे आयाे भन्ने कारण दिन सजिलाे हुन्छ भन्ने उनलाई लाग्याे । पालाे आयाे । जर्किनमा तेल लिएर घर जान तीन पाङ्ग्रे राेकिन् र चढिन । तीन पाङ्ग्रे हिडनै लाग्दा उनले अघि खाजाघरमा पढदै गरेका पात्रहरु खाजाघरबाट निस्के । उनीहरु नशाकाे शुरमा लठ्ठीएका थिए । अझ केटीहरु बढी मात्रामा लर्बरिएका थिए । केटाहरुका हात सल्बलाएका थिए। एउटै चुराेट सबैले पालैपालो तान्दै थिए । केटीहरु बेपर्वाह देखिन्थे ।उनकाे मन एक तमासकाे भयाे ।आाज तिनीहरु कता बस्लान ? बाउ आमा यसबेला सम्म पनि आएनन् भनी खाेज्न पाे लागे कि ?
याे दृष्य देखेर उनलाई नेशनल जियोग्राफी च्यानलमा हेरेकाे दृष्यहरु याद भयाे जहाँ बासना पुर्ति भएपछि भाले एकातिर लाग्छ र बाकी काम पाेथीकाे जिम्मामा पर्छ । यस्तै बिचार गरिरहदाँ ती नानीहरूकाे भविष्य प्रति चिन्तित हुदै टाेलाउछिन मपात्र । हजुर ढिलाे भयाे ? केटाकेटी मलाई पर्खिरहेका हाेलान भन्ने ड्राईभरकाे शव्दले उनी झस्किन्छिन् । यसरी कथाकाे अन्त्य भएकाे छ ।
कथामा कथाकारले गृहणीहरु पुस्तक पढने समय नपाएकाले सडक, बजार जतासुकै देखिने मानवपात्रलाई सुक्ष्मरुपमै अध्ययन गर्दै मनाे बिमर्श गरिरहेका हुन्छन् भन्ने तथ्यलाई राेचक पारामा उजागर गरिएको छ ।
पुस्तक पढन भन्दा समाजकाे यथार्थ पढन र त्यसकाे समाधानको उपाय खाेज्न जरुरी छ भन्ने कुराले म पात्र चिन्तित देखिन्छिन् । म पात्रलाई किताब पढन भन्दा समाज पढन रमाइलो लाग्छ । समाजमा रहेका संगति / बिसंगति पढेर त्यसकाे परिणाम र समाधान निकाल्न मनपर्ने मानव स्वभावकाे चित्रण गरिएको छ । एउटी गृहणीलाई घरबाट बाहिर निस्कन र त्यताकाे गतिविधि थाह पाउन पनि कुनै मिठाे बाहाना चाहिने कुरालाई कथाले प्रस्ट पारेकाे छ । आफ्नो ताेरी पेल्ने पालाे आउन ढिलाेहुदाँ पनि महिलाहरु त्यहाँ सकारात्मक पक्षनै देख्छन् भन्दै महिलाकाे हरेक बिषयलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ भन्ने देखाउन सफल हुनु भएको छ कथाकार ।

खाजा घरमा केटाकेटी समानरुपमा खाजा खादै गरेकाे देखिएता पनि धुम्रपान र नशाकाे कारणले समाजमा देखिएकाे विकृति उजागरगरेकाे छ कथाले । छाेरीहरुलाई समानता भनिएतापनि सुरक्षितहुने बातावरण बन्न सकेकाे छैन भन्दै यसबाट भाेलिका दिनमा आउने परिणाम स्त्रीजाति एक्लैले भाेग्नु पर्ने तर्फ कथाले ईगिंत गरेकाे छ ।
छाेराछाेरीमा भेदभाव गर्नु हुदैन भन्ने जान्दा जान्दै पनि अभिभावक बाध्य हुनुपर्ने र छुटदिन नसक्ने तर्फ कथाले ओैल्याएकाे छ । प्रकृतिले जंगलमा पाेथीजातीले भाेग्नु परेकाे पीडा कहि हाम्रा छाेरीचेलीले एक्लै भाेग्नु पर्ने पाे हाेकि भन्ने चिन्ता व्यक्त भएको छ । कथाकाे भाषा सरल र सुबाेध्य छ । कथा आधुनिकताकाे नाममा समाजमा देखिएकाे बिकृति लागुपदार्थ, दुरव्यसन प्रति चिन्तित छ ।कथाबस्तु र पात्र चयन अब्बल छ ।

यति हुदाहुदै पनि २६९ शब्दमा लेखिएको कथामा अनावश्यक शव्दहरु धेरै छन् । लघुकथामा हुनुपर्ने लघुत्व, सुत्रता, तिव्र बहाव नभएको जस्तो लाग्छ मलाई । कथामा रहेका केही अनावश्यक शब्द र वाक्यहरु हटाउन सके कथा चाेटिलाे र पाेटिलाे बन्ने निश्चित छ ।
अन्त्यमा लघुकथाकार सरला शर्माको साहित्यिक यात्रा नारायणी नदी झैं अबिरल बगिरहाेस् भन्दै सुस्वास्थ्, दिर्घायु तथा अटल सौभाग्यकाे काेटीकाेटी शुभकामना व्यक्त गर्दछु ।

-बन्दना घिमिरे
गठ्ठाघर,भक्तपुर
—————–
लघुकथा

—सरला शर्मा
चितवन
अक्सर म मान्छे पढ्न रुचाउँछु, पुस्तकहरूभन्दा.! पुस्तकमा एक-दुई वा अलि बढी पात्रहरू होलान्, त्यो पनि विषयवस्तु हेरेर.! तर सडकमा हेर्ने हो भने सयौँ पात्रहरू भेटिन्छन्। थरीथरीका पात्रहरू.!

एकदिनको कुरा हो म तोरी पेल्न भनेर मिलमा गएँ। पालो कुर्नुपर्ने भयो.! एउटा कुर्सी तानेर बसेँ र बजारको चहलपहल र रमाइलो हेर्न थालेँ.! फरक मान्छेहरू, फरक अनुहार, फरक हैशियत सबै कुरा प्रष्ट हेर्न पाएँ.! त्यसैले मलाई मान्छे पढ्न मजा आउँछ.! शायद मलाई पनि कसैले यसैगरी पढिरहेका होलान्.!

आँखा डुलिरहेको थियो। अनायास मेरो दृष्टि एउटा खाजा घरमा गयो। स्थानिय बजारको निम्न मध्यमवर्गिय व्यक्तिहरू गएर खाजा खाने ठाउँ हुनुपर्छ त्यो मेरो अन्दाजमा.! अब मलाई त्यतै रमाइलो लाग्न थाल्यो.!

पालो आउन अझ छ /सात पोका बाँकि नै छ। मनले भन्यो- मेरो पालो अलि पछि आओस्.! घरमा कारण देखाऊ आदेशको कारण पनि तयार हुन्थ्यो.!

हातमा तेलको जर्किन छ। करिब आठ बजिसक्यो बेलुकाको.! एउटा तीनपांग्रे रोकेँ र चढेँ.! ट्याम्पो हिँड्नै लागेको थियो कि ती मेरा पात्रहरू बाहिर निस्किए.! तीनपांग्रेलाई एकछिन रोक्न भनेँ र दृष्य हेर्न लागेँ.!

सबै(केटाहरू र केटीहरू) नशामा मग्न छन्.! विशेषगरी केटीहरूको गोडा ज्यादा लर्बराएको देख्छु। एउटा चुरोट पालैपालो तानेका छन्.! बाहिर सडक किनारमा ती पाँच/सात जना हात समातेर नाचिरहेका छन्। होसमा छैनन्.! केटाहरूका हात सलबलाएको देख्छु.! केटीहरू बेपर्वाह छन्.!

मन एक तमासको भयो.!अँध्यारो बढ्दो छ.! मेरो बेचैनी बढ्दो छ !आज तिनिहरू कता बस्लान्.! बा आमा यसबेला नि आएनन् भनेर खोज्न पो हिँडेका छन् कि.!

मलाई भने न्याशनल जियोग्राफीको झल्को आइरहेको छ। वासनापूर्ति भएपछि भाले एकातिर लाग्छ.! बाँकी काम पोथी जनावरको ज़िम्मा.! ती नानीहरूको भविष्य के होला भनेर मनले भन्दैथियो तीनपांग्रेको ड्राइवरको “ मलाई अबेला भयो हजुर.! केटाकेटीहरूले मलाई पर्खिरहेका छन्” भन्ने आवाजले मेरो टोलाइरहेको मनलाई बिउँझाइदियो।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...