Monday 30th June 2025

मलेसियामा अवैध, बच्चा जन्माएर हत्या गरेको अभियोगमा नेपाली महिला जेल परिन


तितोपाटी- मलेसियाको मालाका राज्यको आलोर गाजाहस्थित कम्पनीमा कार्यरत एक नेपाली महिलालाई मलेसियन प्रहरीले गत बुधबार पक्राउ गर्‍यो ।

२८ वर्षीया ती महिलाले बच्चा जन्माएर हत्या गरी कोठामै प्लास्टिकमा पोको पारेर राखेको सूचना मलेसियन प्रहरीले पाएलगत्तै उनलाई पक्राउ गरेको हो । आफू बसेको होस्टलकै ओछ्यानमा बच्चाको हत्या गरी प्लास्टिकमा पोको पारेको अवस्थामा ती महिला पक्राउ परेको प्रहरीले मलेसियास्थित नेपाली दूतावासलाई जानकारी गराएको छ ।
दूतावासका अनुसार ती महिला १० वर्षदेखि मलेसियामै अवैध रुपमा बसेर काम गदै आएकी थिइन् । सो अवधिमा उनले थुप्रै कम्पनीमा काम गरिसकेको प्रहरीलाई बयान दिएकी छिन् ।
पछिल्लो समय एक नेपालीभाषी भारतीय युवासँगकाे सम्बन्धले गर्भ बसेको उनले प्रहरीलाई बताएको दूतावासले जनाएको छ । ती महिलाले गर्भपतन गराएकी हुन् वा बच्चा जन्माएर हत्या गरेकी हुन् खुल्न नसकेको दूतावासका अधिकारीले बताएका छन् । प्रहरीले भने बच्चा जन्माएर दुई जना मिलेर हत्या गरेको आराेप लगाएकाे छ ।
प्रहरीले महिलाका प्रेमीलाई हालसम्म पक्राउ गर्न सकेको छैन । महिलालाई भने मलेसिया प्रहरीले गत बिहीबार नै अदालतमा उपस्थित गराइसकेको छ ।
ती महिला विगत १५ दिनदेखि काममा नगइ कोठामा आराम गरेर बसेकी थिइन् । शरीर, हातखुट्टा सुन्निएर बिरामी परेपछि उपचारका लागि अस्पताल जाँदा ती महिला सुत्केरी रहेको चिकित्सकले थाहा पाएका थिए । मलेसियामा अवैध गर्भधारण गर्नु र बच्चा जन्माउन कानुनी बन्देज छ । सोहीकारण अस्पतालले प्रहरीलाई ती महिलाबारे जानकारी गराएकाे थियाे ।
मलेसियन कानुनमा अवैध सम्बन्धबाट बच्चा जन्माउने महिलालाई जन्मकैद जेल र मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था छ । अवैध रुपमा मलेसिया बसेकाले उनीमाथि थप सजाय हुनसक्छ ।
तर ती महिलाबारे कुनै सूचना नभएको दूतावासले जनाएको छ । अवैध तवरले बसेकाले ती महिलासँग पासपोर्ट लगायतका कुनै परिचयपत्र नभएको बताइएको छ । ती महिला सन् २०११ मै मलेसिया पुगेकोप्रहरीसमक्ष बयान दिएकी छन् ।

शिलापत्रमा रमेश भारतीले लेखेकाछन


सम्बन्धित शीर्षकहरु

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार भने कि १२ दिने युद्धमा इरानमाथिको उनको देशको "विजय" ले गाजामा बन्धकहरूलाई मुक्त गर्ने लगायत…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भनेका छन् कि उनी "उत्तर कोरियासँगको द्वन्द्व समाधान गर्नेछन्।" विश्वव्यापी द्वन्द्व समाधान गर्ने आफ्नो प्रयासलाई…

प्रतिकृयाहरू
...