Saturday 25th May 2024

लघुकथा : तिलहरीको समीक्षा


बन्दना घिमिरे – प्रदेश नम्बर ५ काे ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्तै रमणीय जिल्ला पाल्पाको सदरमुकाम तानसेन नगरपालिका -७, लामडाँडा स्थायी ठेगाना भइ राेजगारीकाे सिलसिलामा हाल युनाईटेड अरब इमिरेट्स (युएई ) मा बस्नुहुने लघुकथाकार नारायण काेईराला बिद्यालय तह देखि नै साहित्यमा रुचि राख्दै कथा, कविता, नाटक लेख्नुहुन्छ । नाटक “कालाे पर्दा” उहाँको प्रकाशित कृति हाे ।
साहित्यकार नारायण काेईरालासँग मेराे साक्षात्कार नभएतापनि फेब्रुअरी २३, २०२१ देखि हाम्राे लघुकथा पाठशाला फेसबुक पेजमा जाेडिनु भई कथा प्रेषित गर्नुहुुने भएकोले म उहाँका कथाहरु पढने र कमेन्ट गर्ने गर्छु । उहाँका कथाहरुमा नेपाली समाजमा रहेका अनेकौं समस्याहरुकाे उठान गरिएको, मौलिक र राेजगारीकाे लागि विदेशीएका नेपालीहरुका पिर व्यथा समेटिएको मैले पाएकी छु ।

२०७८/५/२४ गते हाम्राे लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा “तिलहरी” पढेपछि मेराे मनमा लागेका कुराहरुलाई पाठकीय टिप्पणीकाे रुपमा यहाँ प्रस्तुत गर्न खाेजेकी छु ।
प्रस्तुत कथा “तिलहरी” छाेटाे अायाममा लेखिएको कथा हाे । यस कथामा आमा र छाेरा दुई पात्र छन् । प्रथम दृष्टिबिन्दुमा लेखिएको कथा आमाको संम्झना र सम्मान स्वरुप लेखिएको छ ।

कथामा छाेराले आफ्नो पहिलाे कमाईबाट आमालाई तिलहरी किनेर दियाे । आमा अति खुसी भईन । गाउँमा छाेराले किनेर दिएकाे भनी सुनाउदा र आमाको घाँटीकाे शोभा देखेर छाेराकाे मन पनि आनन्दीत हुन्थ्यो । त्यसपछि पनि छाेराले आमालाई अरु गहनाहरु बनाईदियाे तर आमालाई तिलहरी माेहले छाेडेन ।अरुले तिलहरी बाहेकका गहना पनि लगाउनु तिलहरी नलगाउनु भन्दा आमाको अनुहार राताे हुन्थ्यो । आमाकाे स्वर्गवास पछि आमाका गहना छाेरी-बुहारीहरुले लगाएपनि तिलहरी भने आमाको फाेटाे सँगै छाेराकै काेठामा संम्झीएकाे छ । यसरी कथाकाे अन्त्य भएको छ ।

आमाको सम्मान गर्दै छाेराले अाफ्नो पहिलाे कमाईले किनेर दिएकाे सौभाग्यकाे प्रतीक तिलहरी प्रति आमाको माेहले नेपाली समाजमा एउटी महिलाको अझ विशेष गरि आमाको लागि छाेरा र सौभाग्य गहना प्रतिकाे आस्था र बिश्वास उजागर गरेकाे छ कथाले भने अर्कोतर्फ हाम्रा गाउँघरमा महिलाको लागि गहनाकाे महत्व भएपनि आमाकाे लागि छोराकाे पहिलाे कमाई बहुमुल्य हुन्छ भन्दै अरुले अन्य गहना लगाउनु भन्ने सुझाब दिदाँ आमाकाे अनुहारमा परिवर्तन अाएकाे छ ।

छाेराले आमा फाेटाेकाे फ्रेममा मात्रै सिमित हुँदा पनि अामाकाे घाँटीकाे शाेभा बनेकाे तिलहरीलाई हेर्दै अामा जिवित हुदाँको व्यबहार, अामाकाे अानन्दीत मुहार संम्झदै पाठकलाई भावुक बनाउन सफल हुनु भएको छ कथाकार ।

कथा पढदैजाँदा शुरुदेखि अन्त्यसम्म एकै किसिमको भावना पाठककाे मनमा जागृत हुने भएकोले कथाले झट्का दिन नसकेपनि आमाले बाचुन्जेल घाँटीमा लगाउनु भएको तिलहरी काे संम्झना अमिट छाप भएर मृत्युु पश्चात् फाेटाेमा भए पनि संम्झिएकाे छन् छाेराले । कथा पढदै जादाँ मनमा कता च्वास्स घाेचेकाे अनुभव भयाे मलाई त्यसकारण मलाई कथा सफल भएको लागेकाे छ । मात्रै ९० शब्दमा बुनिएकाे कथाकाे भाषाशैली सरल र राेचक छ । कथामा अनावश्यक शव्दहरु पटक्कै छैनन् ।

अन्त्यमा साहित्यकार नारायण काेईरालाकाे साहित्यिक गाथा रानीमहलझैं सुन्दर हाेस, काली नदीझैं अबिरल बगिरहाेस । लघुकथा संग्रहकाे प्रकाशन यथाशीघ्र हाेस् भन्दै सुस्वास्थ, दिर्घायु तथा उत्तराेत्तर प्रगतिकाे हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बन्दना घिमिरे
गठ्ठाघर, भक्तपुर

लघुकथा जस्ताको तस्तैः

लघुकथा : तिलहरी
: नारायण कोइराला
आमालाई मेरो पहिलो कमाईबाट तिलहरी किनेर दिएको थिए।आमा त्योदिन अती खुसी हुनुहु्थ्यो।
तिलहरी आमाको घाँटीमा शोभा दीईरहन्थ्यो। गाउँमा छोराको कमाईबाट किनेको तिलहरी भन्दै गफ लगाउनु हुन्थियो।आमाको त्यो खुसीले मलाई आनन्द आउँथ्यो।
त्यो तिलहरी पछिपनी मैले आमाको लागि अरू गहना बनाएको थिए। आमाको तिलहरी मोह भने घटेको थिएन्।अरुले अब त ! अरु राम्रा गहना छन।तिलहरी नलगाउँदा पनि हुन्छ भन्दा आमाको अनुहार रातो हुन्थियो।

आजभोलि आमाका अरू गहनाहरू छोरी बुहारीको शरीरमा देख्छु।

तिलहरी भने आमाको फोटोसगै सम्झना बनेर मेरै कोठामा संझिएको छ।


सम्बन्धित शीर्षकहरु

संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको…

कर्म ब्रम्ह बुद्ध धर्म टेवा मेवा बुद्ध सेवा शस्त्र अस्त्र बुद्ध वस्त्र चेला मेला बुद्ध भेला तन धन बुद्ध मन…

प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ---------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन --------------- सामाजिक सञ्जाल समायोजक --------------…

प्रतिकृयाहरू
...