Sunday 11th October 2026

अनेसास कविता महोत्सवका लागि तीनसय एक कविता प्राप्त


तीतोपाटी-समाचारदाता,’अनेसास कविता महोत्सव’ का लागि तीन सय एक कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ ।

हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो ।कविता प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय डलर, द्वितीय हुनेलाई तीन सय डलर र तृतीय हुने तीन जनालाई दुई सय डलर पुरस्कारको ब्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि सोचेको जत्तिकै सबै क्षेत्रका कविहरूको सहभागिता रहेकोमा खुश‍ी ब्यक्त गर्दै अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले भने- भूगोलका सबै महादेशका कविहरूको सहभागिता रहेकोले हामीलाई हौसला मिलेको छ ।यसैगरी प्रतियोगिताका संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले निर्धारित मिति मै प्रतियोगीता गरेर राम्रा कविलाई पुरस्कृत गर्नका लागि काम अघि बढिसकेको बताए ।


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...