Tuesday 8th July 2025

अनेसास कविता महोत्सवका लागि तीनसय एक कविता प्राप्त


तीतोपाटी-समाचारदाता,’अनेसास कविता महोत्सव’ का लागि तीन सय एक कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ ।

हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो ।कविता प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय डलर, द्वितीय हुनेलाई तीन सय डलर र तृतीय हुने तीन जनालाई दुई सय डलर पुरस्कारको ब्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि सोचेको जत्तिकै सबै क्षेत्रका कविहरूको सहभागिता रहेकोमा खुश‍ी ब्यक्त गर्दै अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले भने- भूगोलका सबै महादेशका कविहरूको सहभागिता रहेकोले हामीलाई हौसला मिलेको छ ।यसैगरी प्रतियोगिताका संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले निर्धारित मिति मै प्रतियोगीता गरेर राम्रा कविलाई पुरस्कृत गर्नका लागि काम अघि बढिसकेको बताए ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखाकुवेत द्वारा आयोजित शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी…

तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका…

वर्षौंदेखि उत्तरपश्चिमी साउदी अरबको मरुभूमि प्रायः बालुवाको खाली भाग हो भन्ने सोचाइ थियो जुन कहिलेकाहीं घुमन्ते गोठालाहरूले भ्रमण गर्थे तर…

प्रतिकृयाहरू
...