Friday 11th September 2026

इन्डोनेसियाको एक कारागारमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु


इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा कारागारमा भएको आगलागीमा परी कम्तीमा ४१ कैदीको मृत्यु भएको छ । आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उक्त जेलमा दुइ जना विदेशी कैदी सहित १२२ जना रहेको र रातीको समयमा सबै सुतीरहेको समयमा आगलागी भएकोले ठुलो संख्यामा हताहत भएको बीबीसीले जनाएको छ ।

घाइते सबैलाई अस्पताल लगिएको र ती मध्ये ८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । स्थानीय समय अनुसार बिहान १ः४५ बजे आगलागी भएको थियो । करिब १ घण्टापछि मात्रै आगो निभाउन सम्भव भएको थियो । आगलागीमा परेर विदेशी दुइ कैदीको पनि ज्यान गएको छ । उनीहरू एकजना पोर्चुगलका र एक जना दक्षिण अफ्रिकाका थिए । उक्त कारागारमा थुनामा रहेका कैदीहरुमध्ये धेरै जसो लागूऔषधमा संलग्नहरू रहेको जनाइएको छ ।

बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको जाकार्ता प्रहरी प्रवक्ता युस्री युनुसले जानकारी दिएका छन् । इन्डोनेसियाको कानून र मानव अधिकार मन्त्रालयका जेल विभागकी प्रवक्ता रिका अप्रियन्तीले भने ४० कैदी राख्नको लागी डिजाइन गरिएको भीडभाडमा १२२ जना बसिरहेका बताएकी छन् ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...