Sunday 9th August 2026

अनेसासद्वारा ‘नवरत्न पुरस्कार’ समर्पण


तीतोपाटी डटकम-समाचारदाता-बोस्टन,अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा यो सम्मान अर्पण गरिएको हो ।

समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मानित गरेको छ । यसैगरी गायनमा सपना श्री , अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गरेको छ ।

कार्यक्रममा आयोजकका तर्फबाट प्रमुख अतिथि अनेसास बोर्डअफ ट्रष्टी सभापति गीता खत्री, केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’, ट्रष्टी सल्लाहकारद्वय रोहिणी शर्मा र प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, पुरस्कार छनोट समिति संयोजक लीला लुइटेल, अनेसास बिओटी उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, अनेसास महासचिव सर्वज्ञ वाग्ले , अनेसास सचिव विमला निरौला र अनेसास महिला समिति संयोजक उर्मिला निर्दोषीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरू साहित्यकार गंगा लिगल, गीता कार्की, शकुन ज्ञवाली, शारदा पौडेल ‘नीशा’, पत्रकार विमला भण्डारी, समाजसेवी विना बर्मालगायतले मन्तव्य राखेका थिए । यसैगरी पुरस्कार प्रायोजकका तर्फबाट दीपा राई पुन, मेनका पराजुलीले मन्तव्य राखेका थिए भने प्रायोजनमा पदम विश्वकर्मा, राम लामा अविनाशी, ज्योति पौडेल, जानुका ढुगेल वस्ती, ज्योति राई, पद्मा लिंखा मगर, रेणु शर्मा र विमला निरौलाको सहयोग रहेको थियो ।

नवरत्न पुरस्कार समितिका संयोजक शान्ता घिमिरे अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेसासका पूर्व अध्यक्ष सरला श्रेष्ठ र बिओटी सदस्य तीर्थ अधिकारीले पनि मन्तब्य राखेका थिए ।

सन २०१४ मा अनेसासका तत्कालीन अध्यक्ष गीता खत्रीको पहलमा स्थापना भएको यो पुरस्कार चयन समितिमा यसपटक लीला लुइटेल, पुनम काफ्ले र विमला निरौला रहेका थिए । प्रत्येक दुईवर्षमा दिइने यो पुरस्कारको राशी नगद दुई सय अमेरिकी डलर र सम्मान-पत्र रहेको छ ।


सम्बन्धित शीर्षकहरु

सन् २०२६ को बहुप्रतीक्षित पूर्ण सूर्यग्रहण यहि अगस्ट १२ मा हुने भए पनि एशियाका अधिकांश देशबाट भने यसको पूर्ण दृश्य…

फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार…

विश्व फुटबल महासंघ (फिफा)ले आफ्नो संस्था र अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध योजनाबद्ध रूपमा भ्रमपूर्ण आरोप लगाएर प्रतिष्ठामाथि आक्रमण भइरहेको दाबी…

प्रतिकृयाहरू
...