Friday 16th October 2026

बेलायतबाट एक लाख ३० हजार मात्रा खोप आइपुग्यो


तितोपाटी- बेलायतले नेपाललाई एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ । अस्ट्राजेनिकाको सो खोप आजै काठमाडौं आइपुगेको काठमाडौस्थित बेलायती राजदूताबासले जनाएको छ ।

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौँ आई पुगेका जानकारी दिँदै यसले नेपालमा कोभिड १९ को उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राजदूत पोलिटले नेपाल बेलायतको सबैभन्दा पुरानो साथी रहेको बताउँदै दुई देशबीचको सहकार्यको इतिहास दुई शताब्दीभन्दा लामो रहेको स्मरण गर्नुभयो । उहाँले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन सहयोग गर्दे आएको बताउँदै काठमाडौँ आएका खोपहरु बेलायतले कोभ्याक्सलाई गरेको सहयोग अनुदानबाहेक दुई पक्षीय सहयोग अन्र्तगत रहेको बताउनुभयो ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले संयुक्त अधिराज्य सरकारले नेपाली जनताका लागि कोभ्यास प्रणाली अतिरिक्त दुई पक्षीय सहायता अन्र्तगत खोप उपलब्ध गराएकोमा आभार व्यक्त गर्नुभयो
गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...