Monday 5th October 2026

सिन्धुपाल्चोकमा बस दुर्घटना, २६ जना घाइते, उद्धार कार्य जारी


तितोपाटी- सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा बुधबार यात्रीवाहक बस दुर्घटना भएको छ ।

सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा३ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा बिहान करिब ११ बजेर १० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षबहादुर बस्नेतले बाह्रखरीलाई जानकारी दिए ।
दुर्घटनामा २४ जना घाइेतको उद्धार गरिएको र दुईजना गाडीले थिचिएको अवस्थामा रहेको उनले बताए । प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।
घाइतेमध्ये १५ जनालाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको छ । बाँकी नौजनालाई सिन्धुपाल्चोककै खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा पठाइएको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

फ्रान्समा विद्यालयको अवस्था सुधार र शिक्षक अभावको विरोधमा भइरहेको विद्यार्थी प्रदर्शनका क्रममा १५ वर्षीय एक विद्यार्थी गम्भीर घाइते भएका छन्।…

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले एन्थ्रोपिक कम्पनीको एआई प्रणाली ‘क्लाउड’ प्रयोग गर्न बन्द गरेको जनाएको छ। यसअघि पेन्टागनले एन्थ्रोपिकलाई राष्ट्रिय…

प्रतिकृयाहरू
...