Friday 16th October 2026

कोभ्याक्समार्फत नेपाल आइपुग्यो एस्ट्राजेनेका खोप


तितोपाटी- जापानले अनुदानमा पठाएको १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ।

जापान सरकारले कोभ्याक्स सुविधामार्फत १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये सोमबार पाँच लाख ५९ हजार ३६० डोज खोप आइपुगेको हो।

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको थियो। यस्तै १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते दुई लाख ८ हजार ७ सय डोज र गत साउनमा नौ लाख डोज खोप नेपाल आइसकेको छ।

साउनमा आएको ९ लाख खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको थियो।अहिले सम्म नेपालमा पहिलो मात्रा लगाएका ४९ लाख ४२ हजार दुई सय पचास रहेका छन् भने ३८ लाख ४६ हजार सात सय ३६ जनाले पूर्ण मात्रा लागाएका छन्।

-नेपाल समयबाट


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...