Sunday 28th April 2024

कोभ्याक्समार्फत नेपाल आइपुग्यो एस्ट्राजेनेका खोप


तितोपाटी- जापानले अनुदानमा पठाएको १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ।

जापान सरकारले कोभ्याक्स सुविधामार्फत १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये सोमबार पाँच लाख ५९ हजार ३६० डोज खोप आइपुगेको हो।

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको थियो। यस्तै १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते दुई लाख ८ हजार ७ सय डोज र गत साउनमा नौ लाख डोज खोप नेपाल आइसकेको छ।

साउनमा आएको ९ लाख खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको थियो।अहिले सम्म नेपालमा पहिलो मात्रा लगाएका ४९ लाख ४२ हजार दुई सय पचास रहेका छन् भने ३८ लाख ४६ हजार सात सय ३६ जनाले पूर्ण मात्रा लागाएका छन्।

-नेपाल समयबाट


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...