Tuesday 8th September 2026

पोखराको महेन्द्रपुलमा भासियो सडक


तीतोपाटी डटकम-पोखरामा शनिबार साँझदेखि परिरहेको पानी अझै रोकिएको छैन। निरन्तर परिहेको पानी सडकमै बगेर सेती नदी वा फेवाताल पुग्छ। पोखराका ढल प्रणालीले आकाशे पानीको भल थेग्न सक्दैन।पोखराको नदीपुर, चिप्लेढुङ्गादेखि बगेको पानी महेन्द्रपुल हुँदै सेती नदीमा जान्छ। शनिबार साँझपख पानी दर्केको बेला महेन्द्रपुल बजारको सडक भासिएको छ।

महेन्द्रपुलको सडक भासिदा संचारकर्मी सञ्जय मल्ल त्यहीं थिए। शुरुमा थोरै भासिएको सडक विस्तारै बढ्दै गएको उनले बताए।‘एउटा गाडी पार्किङ गरिराखेको थियो। त्यहाँ अगाडि सडकको भाग शुरुमा भासिएको हो, पछि बढ्दै गएर गाडी भएको ठाउँ वरिपरि पनि भासियो,’ उनले भने, ‘तत्काल गाडी निकालियो, नत्र गाडी नै भासिन्थ्यो।’

सडक भासिएपछि मल्लले पोखरा महानगर र जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।सडक भासिएको ठाउँमा एउटा विजुलीको पोल परेको छ। पोल गाडिएकै ठाउँमा सडक भासिएको हो। दुर्घटना हुन नदिन प्रहरीले शनिबार राती नै भासिएको खाडल पुरेको छ।

प्रहरी, महानगरको टोली र विद्युत प्राधिकरण पोखरा मिलेर खाडल पुरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।महेन्द्रपुलमा बगेर आउने आकाशे पानीको भल पनि गए राति नै तर्काइएको छ। प्रहरी टोलीले भल तर्काएको हो। राती भासिएको खाल्डो पुरिए पनि बिहानसम्म भासिएको ठाउँ बढ्दै गएको स्थानीयले बताएका छन्।उनीहरुका अनुसार सडक भासिएर फुटपाथतिर पनि बढ्दै गएको छ।

@सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...