Saturday 26th September 2026

जापानबाट पाँचलाख खोप आइपुग्यो, तीन लाख भोलि ल्याइँदै


तितोपाटी- जापानले बनाएकाे कोरोनाविरुद्धको अष्ट्राजेनिका खोप शनिबार काठमाडौं आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चारणमा पाँच लाख १३ हजार ४२० डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

कतार एयरलाइन्सको जहाजबाट शनिबार विहान खोप लिएर काठमाडौं आइपुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार आइतबार थप दुई लाख ८७ हजार जोड खोप आउनेछ । शनिबार र आइतबार गरेर आठ लाख खोप आइपुग्ने उहाँले बताउनुभयो । बाँकी आठ लाख खोप अर्को साता आइपुग्ने समेत उहाँले बताउनुभयो ।
अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । त्यस्तै स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई दिइनेछ ।
खोप अभियान यही साउन २५ गतेबाट सञ्चालन हुने उहाँले बताउनुभयो । तर, प्रदेश १ र २ मा भने खोप अभियान शुरु भएको केही दिन ढिलो गरी शुरु हुने उहाँले बताउनुभयो

-गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...