Wednesday 24th April 2024

राजदूत भण्डारी, र विदेश मंत्री धारी अजरान बिच भेटवार्ता सम्पन्न


तितोपाटी- कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र कुवेत सरकारका प्रोटोकोल मामिलाका लागि सहायक विदेश मंत्री महामहिम धारी अजरान अल-अजरान बिच हिजो २८ तारिकको दिन कुवेतस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ।

भेटका अवसरमा नेपाल तथा कुवेतमा कोभिड-१९ को वर्तमान अवस्था, र यसले पारेका असर, नेपाली कामदारहरूको हकहित लगायत नेपाल र कुवेतबीच आपसी सहयोग अभिवृद्धिका विविध विषयमा कुराकानी भएको दूतावासले जनाएको छ।

सो अवसरमा उनले दुई राष्ट्रबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड् दिएका थिए । उक्त भेटवार्तामा कुवेत सरकार परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावासका अन्य अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...