Sunday 11th October 2026

नेजाको अध्यक्ष पदमा बिकास राज न्यौपाने निर्वाचित


तीतोपाटी डटकम-जिएनएन । नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अध्यक्ष पदमा विकास राज न्यौपाने निर्वाचित भएका छन् ।नेजाको सातौ अधिवेशन तथा १४ औ साधारण सभाले विकास राज न्यौपानेलाई २०२१-२०२३ अवधिको लागि निर्वाचित गरेको छ ।

अध्यक्ष पदमा प्रारम्भमा विकास राज न्यौपाने,गोकुल ढकाल ,किरण मरहठ्ठा ,निदेश अधिकारी ,अनुज थापा तथा विष्णु हरि घिमिरे सहित ६ जनाले उम्मेदवारी दिएका थिए ।उनले ३८ मत प्राप्त गर्दै अध्यक्ष पदमा बिजयी भएका हुन् ।

अन्तिम अवस्था सम्म पनि सहमति बनाउन प्रयास गरिएता पनि सहमति हुन् नसके पछि निर्वाचन माध्यमद्वारा विकास राज न्यौपाने निर्वाचित भएका हुन ।

अध्यक्ष पदमा उम्मेदवारी दिने मध्ये सबैभन्दा पहिले निदेश अधिकारीले उम्मेदवारी फिर्ता लिई गोकुल ढकाललाई समर्थन गर्ने घोषणा गरेका थिए । यसै गरि किरण मरहठ्ठा त्यस पछि बिष्णुहरि घिमिरेले अन्तिममा उम्मेदवारी फिर्ता लिए पछि अध्यक्ष पदको चुनावी प्रक्रियामा ३ जना मात्र उम्मेदवार बीच प्रतिस्प्रद्धा भएको थियो ।

अन्तिम समयमा पनि अध्यक्ष पदका प्रत्याशीहरू बिकास राज न्यौपाने,गोकुल ढकाल तथा अनुज थापा बीच सहमति गर्नको लागि छलफल र कुराकानी भएको थियो । सहमति नपुगे पछि चुनावमा जानु परेको थियो ।

आज सम्पन्न निर्वाचनमा कोषाध्यक्ष पदमा प्रभात भट्टराई तथा सचिवमा कल्पना घिमिरे निर्विरोध निर्वाचित भएका छन । यसै गरि सदस्यहरुमा अनिल अधिकारी, बाबुराम दाहाल,सॅगम बानिया तथा ज्ञान प्र शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

यसै गरि क्षेत्रिय सॅयोजकहरुमा शिव नेपाल(पश्चिम) बिराज भण्डारी(पश्चीम ),लिला देवी ओझा(डिसी क्षेत्र),गोकुल श्रेष्ठ (उत्तर पूर्व) तथा सृजन पण्डित (दक्षिण)बाट निर्विरोध निर्वाचित भएका छन ।

जुलाई २५ आइतवारका दिन सम्पन्न भएको निर्वाचनमा उपाध्यक्ष पदमा मच्छे देवी गुरुङ विजयी भएकी छिन उनले ६० मत प्राप्त गरेकी छिन ।

महासचिव पदमा सुरज भण्डारीले ४१ मत प्राप्त गरि विजयी भएका छन् । निर्वाचन समितिले जारी गरेको मतदाता सूचीमा १४५ जना रहेका थिए । आज सम्पन्न निर्वाचनमा ८१ मत खसेको थियो ।

टेक्सास निवासी पत्रकार तथा व्यवसायी तथा नेजाका कार्यवाहक अध्यक्ष विकास राज न्यौपाने हिमालय खबरका प्रधान सम्पादक पनि हुन् ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...