Tuesday 15th September 2026

ओलम्पिकको पहिलो खेलमा नै सोनिया पराजित


तितोपाटी- नेपालकी जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिकमा पहिलो खेलमै पराजित भएकी छिन् । शनिबार भएको महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।

राउण्ड अफ ३२ अन्तर्गतको पहिलो खेलमा १९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भइन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् ।इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् ।
सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् ।


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...