Tuesday 6th October 2026

ओली सरकारले राजदूतमा सिफारिस गरेका ११ जनाको नियुक्ति प्रक्रिया रद्द


तितोपाटी- केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया सरकारले रद्द गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि एमाले नेतृत्वको सरकारले गरेका नियुक्ति बदर गर्ने निर्णय गरेको हो ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतमा सिफारिस ११ जनाको नियुक्ति प्रक्रिया रद्द गरेको हो । निवर्तमान प्रधानमन्त्री ओलीले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
एक मन्त्रीका अनुसार अघिल्लाे सरकारले नियुक्ति प्रक्रियामा अगाडि बढाउन राजदूतको एग्रिमोका लागि पत्राचार समेत गरिसकेको थियो । राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयपछि प्रधानमन्त्री देउवाले अघिल्लो सरकारले गरेका निर्णय उल्टाउने प्रयास अन्तर्गत पहिलो घटना मानिएको छ । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...