Friday 7th August 2026

लघुकथा: भानुभक्तको अलमल


चन्द्रकला अधिकारी – परलोक गएका भानु एक्कासी पृथ्वीमा आए । कता जाउँ कता जाउँ भएपछि उनी एउटा गाउँमा जाने निर्णय गरे । तल, धेरै तल बाक्लै घरहरू देखे अनि हान्निएर ओरालो लागे ।

शहरमा त भाषा पक्कै फरक होला भनेर गाउँको भाषा बुझ्न उनलाई मन लाग्यो । बाटोमा जाँदा एउटा सानो बालक देखे । उनले सोधे -” बाबू तिम्रो नाम ?” उसले जवाफ दियो – ” म कृष्ण !” उसले सोध्यो तपाईं कताबाट आउनुभएको ? भानुभक्तले सोझो जवाफ दिएनन् किनकि परलोकबाट आएको भन्दा मानिसहरू डराउँछन् तर्सिन्छन् भन्ने उनलाई लाग्यो । उनले भने काठमाडौँबाट आएको । तिम्रो बुवा खोइ त भानुभक्तले सोधे । बालकले घर पुगेर खाटमा बसिरहेका बुढालाई देखायो । उनले मनमनै सम्झे केटो त सानो छ तर उसका बुवा त पाका रहेछन् । आजकल ढिला बिहे गर्ने चलनले होला । अनि हजुरबुवा खोइ तिम्रो ? फेरि सोधे । बालक अलमल्ल पर्यो । उसले भन्यो -” हाम्रो त बुवा मात्र हुनुहुन्छ, हजुरबुवा हुनुहुन्न ।”

केही बेरपछि एकजना मान्छे आए घरमा । बालकले भन्यो -” उहाँ मरो बाबा हो ।” भानुभक्त एकछिन् अलमलिए अनि बल्ल बुझे । बुवालाई त बाबा भन्दो रहेछ बालक । बुवा चाँहि हजुरबुवालाई भन्दो रहेछ ।

भानुभक्त अर्को घरतिर लागे । तमाम घरहरू डुले । दिदीलाई दिज्यू, दाजुलाई दादा, भाउजूलाई भाबी यसरी नै भनिदोरहेछ भन्ने बुझे ।

यी सबै कुरा त थाहा पाए । फेरि अर्को बालकसँग भेट भयो । उनले सोधे -” आमा कहाँ हुनुहुन्छ बाबू ? ” उसले भन्यो – ” हाम्रो आमा हुनुहुन्न । हामी चारजनाको परिवार छौ । बाबा, ममी, बहिनी र म ।” अब भानुभक्तलाई पर्यो फसाद । उनले लामो श्वास फेरेर भने -” ममी भनेको को हो ? खै देखाउ त !” उसले घरमा लग्यो र देखायो । बल्ल बुझे उसले आमा भनेको रहेछ ।

सबैलाई नेपाली भाषा बचाउन अनुरोध गर्दै भानुले भने -” भाषाको शक्ति देख्नु भयो होइन ? ” उताबाट जवाफ आयो – ” देखियो, प्रधानमन्त्रीको सपथ नै पो रोकिएछ ।”

फालेलुङ – ८, पाँचथर


सम्बन्धित शीर्षकहरु

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन…

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ।…

प्रतिकृयाहरू
...