Saturday 18th May 2024

लघुकथा: भानुभक्तको अलमल


चन्द्रकला अधिकारी – परलोक गएका भानु एक्कासी पृथ्वीमा आए । कता जाउँ कता जाउँ भएपछि उनी एउटा गाउँमा जाने निर्णय गरे । तल, धेरै तल बाक्लै घरहरू देखे अनि हान्निएर ओरालो लागे ।

शहरमा त भाषा पक्कै फरक होला भनेर गाउँको भाषा बुझ्न उनलाई मन लाग्यो । बाटोमा जाँदा एउटा सानो बालक देखे । उनले सोधे -” बाबू तिम्रो नाम ?” उसले जवाफ दियो – ” म कृष्ण !” उसले सोध्यो तपाईं कताबाट आउनुभएको ? भानुभक्तले सोझो जवाफ दिएनन् किनकि परलोकबाट आएको भन्दा मानिसहरू डराउँछन् तर्सिन्छन् भन्ने उनलाई लाग्यो । उनले भने काठमाडौँबाट आएको । तिम्रो बुवा खोइ त भानुभक्तले सोधे । बालकले घर पुगेर खाटमा बसिरहेका बुढालाई देखायो । उनले मनमनै सम्झे केटो त सानो छ तर उसका बुवा त पाका रहेछन् । आजकल ढिला बिहे गर्ने चलनले होला । अनि हजुरबुवा खोइ तिम्रो ? फेरि सोधे । बालक अलमल्ल पर्यो । उसले भन्यो -” हाम्रो त बुवा मात्र हुनुहुन्छ, हजुरबुवा हुनुहुन्न ।”

केही बेरपछि एकजना मान्छे आए घरमा । बालकले भन्यो -” उहाँ मरो बाबा हो ।” भानुभक्त एकछिन् अलमलिए अनि बल्ल बुझे । बुवालाई त बाबा भन्दो रहेछ बालक । बुवा चाँहि हजुरबुवालाई भन्दो रहेछ ।

भानुभक्त अर्को घरतिर लागे । तमाम घरहरू डुले । दिदीलाई दिज्यू, दाजुलाई दादा, भाउजूलाई भाबी यसरी नै भनिदोरहेछ भन्ने बुझे ।

यी सबै कुरा त थाहा पाए । फेरि अर्को बालकसँग भेट भयो । उनले सोधे -” आमा कहाँ हुनुहुन्छ बाबू ? ” उसले भन्यो – ” हाम्रो आमा हुनुहुन्न । हामी चारजनाको परिवार छौ । बाबा, ममी, बहिनी र म ।” अब भानुभक्तलाई पर्यो फसाद । उनले लामो श्वास फेरेर भने -” ममी भनेको को हो ? खै देखाउ त !” उसले घरमा लग्यो र देखायो । बल्ल बुझे उसले आमा भनेको रहेछ ।

सबैलाई नेपाली भाषा बचाउन अनुरोध गर्दै भानुले भने -” भाषाको शक्ति देख्नु भयो होइन ? ” उताबाट जवाफ आयो – ” देखियो, प्रधानमन्त्रीको सपथ नै पो रोकिएछ ।”

फालेलुङ – ८, पाँचथर


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...