Tuesday 22nd September 2026

हिथ्रो विमानस्थलमा प्यालेस्टिनी झण्डा ब्याज विवादमा कर्मचारी अदालतबाट पराजित


बेलायतको Heathrow Airport मा कार्यरत एक सुरक्षा अधिकारीले प्यालेस्टिनी झण्डा अंकित ब्याज हटाउन दिएको निर्देशनलाई धार्मिक तथा जातीय विभेद भएको भन्दै दायर गरेको मुद्दा अदालतले खारेज गरेको छ।

मुस्लिम सुरक्षा अधिकारी Zara Saiyed ले आफ्नो कामको ल्यानयार्डबाट प्यालेस्टिनी झण्डाको ब्याज हटाउन भनिनु आफूलाई हिजाब हटाउन आदेश दिएसरह भएको दाबी गरेकी थिइन्। उनले यसलाई धार्मिक र जातीय विभेदको संज्ञा दिँदै विमानस्थल प्रशासनले “प्यालेस्टिनी शिशुहरूको हत्या प्रति मौन समर्थन गरेको” आरोप समेत लगाएकी थिइन्।

तर रोजगार न्यायाधिकरण (Employment Tribunal) ले सर्वसम्मत रूपमा उनका सबै दाबी अस्वीकार गर्दै गैरकानुनी विभेद भएको कुनै प्रमाण फेला नपरेको जनाएको छ।

न्यायाधीशहरूले सैयदका कतिपय दाबीलाई “अतिरञ्जित” भएको, उनले घटनाहरूलाई गलत रूपमा व्याख्या गरेको तथा उनका प्रमाणहरू सधैं विश्वसनीय नभएको उल्लेख गरेका छन्। अदालतले भने हिथ्रो विमानस्थलले पेश गरेका आधिकारिक कागजात र साक्षीहरूको बयानलाई बढी विश्वासयोग्य मानेको छ।

अदालतका अनुसार विमानस्थल प्रशासनले उनका गुनासाहरू बारम्बार अनुसन्धान गरेको थियो र उसका सबै कदम व्यवस्थापकीय दृष्टिले वैध तथा उचित थिए।

यो फैसला हिथ्रो विमानस्थलले राजनीतिक सन्देश वा प्रतीक बोकेका ब्याजहरू आधिकारिक पोशाकको हिस्सा नरहेको र त्यस्ता ब्याज हटाउनुपर्ने नीति पुनः पुष्टि गरेपछि आएको हो।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...