Wednesday 14th October 2026

हुथी,इरानी रिभोलुसनरी गार्ड र इराकी मिलिसियाले साउदीमाथि आक्रमणको तयारी गरिरहेको दाबी


रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) बीच साउदी अरबमाथि आक्रमणको तयारी गर्न समन्वय भइरहेको संकेत गर्ने विश्वसनीय गुप्तचर सूचनाहरू प्राप्त भएको जनाएको छ।

स्रोतका अनुसार यी सूचनाहरू विशेष रूपमा चिन्ताजनक छन्, किनकि साउदी अरबले क्षेत्रीय तनाव कम गर्न र शान्तिपूर्ण समाधान खोज्न कूटनीतिक प्रयास जारी राखिरहेको तथा वार्ताहरू सकारात्मक दिशामा अघि बढिरहेका बेला यस्तो तयारीको संकेत देखिएको हो।

साउदी स्रोतले कुनै पनि प्रकारको आक्रमण भएमा राष्ट्रको सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न आवश्यक सबै कदम चाल्न साउदी अरब पछि नहट्ने चेतावनी दिएको छ।

यसअघि पनि साउदी अरबले आफ्नो तेल पूर्वाधारलाई लक्षित गरी इराकी भूमिबाट आएका ड्रोनहरू अवरोध गरी खसालेको दाबी गर्दै ती आक्रमणका लागि इरान समर्थित मिलिसियालाई जिम्मेवार ठहराएको थियो।

हालसम्म हुथी समूह, इराकी मिलिसिया वा इरानले साउदी स्रोतको पछिल्लो दाबीबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...