Saturday 16th May 2026

यी हुन् खानामा प्रयोग हुने जडीबुटी


आर.बी. बुढाथोकी- तीतोपाटी डटकम-व्यावसायिक रूपमा खाना पकाउँदा सयौँ जडीबुटी (हर्बर्ल्स)को प्रयोग हुन्छ । धेरैको सोचाइ जडीबुटी भन्नेबित्तिकै औषधिका रूपमा मात्रै प्रयोग हुन्छ होला भन्ने हुन्छ तर पकवानमा पनि जडीबुटीको ठूलो महत्व छ ।

विशेष गरेर युरोपियन मुलुकहरूबाट खानामा जडीबुटी मिसाउने चलन सुरु भएको पाइन्छ, तर अहिले संसारका प्रायः सबै देशले बुझेर वा नबुझीकनै पनि खानामा जडीबुटी प्रयोग गर्दै आएका छन् । हामीले नेपाली खानामा प्रयोग गर्ने धनियाँ, पुदिना, मेथी, जिम्बु, छ्यापी, डन्डु यी सबै जडी हुन् । यिनहरूले शरीरमा रोगप्रतिरोधात्मक शक्ति बढाउन भूमिका निर्वाह गरिरहेका हुन्छन् । यी मसलाजन्य सामग्री (हर्बल्स)ले हाम्रो शरीरमा के फाइदा गरिरहेका छन् भन्ने नजाने पनि हामी वर्षौंदेखि प्रयोग गर्दै आइरहेका छौँ ।

विशेषगरी भारत, चीन, बेलायत, जापान, युरोप, अमेरिका, अस्ट्रेलिया, मेक्सिको र थाइल्यान्डले आ–आफ्नो खानामा प्रयोग गर्ने सबै जडीबुटी फरक छन् । खानामा जडीबुटी मिसाउँदा खानाको स्वाद (फ्लेबर) बढाउने मात्र होइन, स्वास्थ्यवर्द्धक पनि हुन्छ । सबै जडीबुटीको आ–आफ्नै स्वाद हुन्छ र स्वास्थ्यलाई पनि भिन्नभिन्न रूपमा फाइदा पुर्‍याएको हुन्छ ।

 

जडीबुटी नमिसाई बनाएको खानामा के नपुगेको के नपुगेको जस्तो हुने हुँदा हरेक खानामा आफ्नै हिसाबले जडीबुटी मिसाएर पकाइने एक ‘स्ट्यान्डर रेसिपी’ हुन्छ । तारे होटल तथा व्यावसायिक किचनहरूमा त यसको झन् महत्व छ ।

युरोपेली जडीबुटीहरू पनि अहिले नेपालमै उत्पादन हुने हुँदा आयात गर्नुपर्ने बाध्यता छैन । पहिलापहिला पकवानमा चाहिने जडीबुटी नेपालमा उत्पादन नहुँदा बाहिरबाट ल्याएको सुकेको (ड्राइ) हर्बल्सहरू प्रयोग गरिन्थ्यो, तर अहिले यहीँ सहजै पाइन्छ ।

व्यावसायिक किचनमा प्रयोग हुने यी हुन् जडीबुटी

खानामा प्रयोग हुने जडीबुटी विश्वभर सयौँ छन् र अहिलेको व्यावसायिक किचनका लागि यो अनिवार्य नै भइसकेको छ । तुलसी (बेजिल), पुदिना (मिन्ट), रोजमेरी, थाइम, ओरेगानो, सिलेन्त्रो, प्रार्सी, चाइबस, दिल (सोप), सेज, तारागन, धनियाँ, बेलिप्स, लेमन ग्रास, लेमन लिप्स, फिनेल, चामोमाइल, लेभेन्डर, क्याटनिभ, कुल्यान्त्रो, चार्भिल, विन्टर सभोरी, स्प्रिङ ओनिन (हरियो प्याज), ग्रिन गर्लिक (हरियो लसुन) स्प्रिङ पम्किन (फर्सीको मुन्टा) पेपरमिन्ट, स्टिभिया, सेलरी, लिक, रुकुला, रकेट लिफ्स, वाइड पेपर आदि प्रमुख छन् ।

#दि सोल्टी काठ​मान्डौमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...