Wednesday 28th October 2026

भारत जान लागेका चार युवतीको सीमा नाकाबाट उद्धार


तितोपाटी- भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका– १० का चार युवतीको बुधबार उद्धार गरिएको छ ।
शान्ति पुनःस्थापनागृह कञ्चनपुरले सीमा नाकाबाट ती युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ ।
पुनःस्थापनागृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको बताइन् ।
अवैध रूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुझाइएका युवतीलाई घर परिवारको जिम्मा लगाइएको छ । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...