Sunday 23rd August 2026

कुवेतमा २०२१ यता ८ हजार जनालाई देश निकाला


तितोपाटी- कुवेतमा २०२१ यता अर्थात ६ महीना भित्रमा विभिन्न कारणले गर्दा करिब ८ हजार भन्दा बढी आप्रवासीहरुलाई कुवेत सरकारले देश निकाला गरेको छ।

कुवेतस्थित आन्तरिक मन्त्रालय तथा सुरक्षा प्रशासनका अनुसार आप्रवासीहरुले स्थानीय कानूनको उल्लंघन, आपराधिक घटनाहरू, ट्राफिक उल्लंघन र अन्य मुद्दाहरु सहित विभिन्न कारणले गर्दा देश निकाला गरिएको जनाएको छ।

पछिल्लो समयमा कुवेत आएका आप्रवासीहरुले अपराधिक क्रियाकलापमा संलग्न भएको अवस्थामा देश निकाला गर्ने कानूनलाई अझ कडा बनाएको छ।

अधिकारीहरूले भने कि शान्ति सुरक्षालाई कायम गर्न सुरक्षा अभियान देशभरी जारी रहेको र कुवेतमा वैधानिक रूपमा रहेका सम्पूर्ण आप्रवासीहरुलाई सुरक्षाकर्मीहरुलाई सहयोग पुर्‍याउन काम गर्न र कानुन उल्लंघनकर्ताहरु जोकोहिलाई लाई पनी ढाकछोप नगर्न आह्वान गरेको छ।

अलराई मिडियाले जनाए अनुसार देश निकालाको प्रतीक्षामा अहिले पनी केही देशका नागरिकहरु रहेका छन र उनीहरुलाई हाल बिमानस्थल बन्द रहेको कारणले पठाउन नपाएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

खुला मैदानमाथि आकाशमा अचानक देखिएको ठूलो गोलाकार वस्तुले स्थानीय प्रत्यक्षदर्शीलाई आश्चर्यमा पारेको छ। प्रत्यक्षदर्शीका अनुसार धातुजस्तो चम्किलो देखिने उक्त वस्तु…

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

प्रतिकृयाहरू
...