Saturday 31st October 2026

कुवेतमा कोभिड भ्याक्सिन नलगाएकाहरुका लागि को-अप र साना मार्केटहरुमा प्रबेश दिईने


हरी कृष्ण न्यौपाने-कुवेत सरकारले कोभिड भ्याक्सिन नलगाएका ब्यक्तिहरुका लागि जुन-२७,२०२१का दिनबाट ६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका सपिङ मलहरु, रेष्टुरेन्ट, शैलुन,हेल्थ क्लब र प्रमुख कम्प्लेक्सहरुमा प्रबेश निषेध गरे पनि को-अप(सहकारी) तथा साना मार्केट(६००० स्क्वाएर मिटर भन्दा कम क्षेत्रफल भएका)हरुमा भने प्रबेश दीने भएको छ।

बिशेष गरी कुवेत सरकारले सस्तो र सुलभ मुल्यमा अत्याबश्यक सामाग्रीहरु उपलब्ध गराउने उध्येश्यले आफ्नै निगरानीमा रहने गरी को-अपरेटिभ सोसाइटी(सहकारी)हरुलाई कुवेतको चोक-चोकमा खोलेको छ।यसरी खोलिएको को-अपहरुमा माछा-मासु, तरकारी,खाद्य पदार्थ तथा अत्याबश्यक सामाग्रीहरु पाइने गर्छ।

खास गरी कोभिड भ्याक्सिन लगाउन नाम दर्ता गराएर पालो कुरिरहेका नागरिक तथा आप्रबासीहरु र करिब २ लाखको हाराहारीमा रहेका अनडकुमेन्टेड(अबैधानिक) आप्राबासीहरुका लागि कुवेत सरकारको यो निर्णयबाट केही राहत मिल्ने अरबटाइम्समा जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...