Thursday 29th October 2026

विपक्षी गठबन्धनका शीर्ष नेताले पत्रकार हरुसँग अन्तरक्रिया गर्दै


तितोपाटी- विपक्षी गठबन्धनका शिर्ष नेताहरुले आज विभिन्न मिडियाका राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएका छन्।

दिउँसो दुई बजेपछि संसद भवनमा छलफल कार्यक्रम राखिएको नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार विपक्षी गठबन्धनका शीर्ष नेता शेरवहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, माधवकुमार नेपाल र दुर्गा पौडेलले सम्पादकहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। यसैगरी विपक्षी गठबन्धनले बुद्धिजिवी र नागरिक समाजसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।
गत बुधबार देउवा निवासमा बसेको गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध पत्रकार नागरिक समाज, बुद्धिजीवीलगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...