Saturday 18th May 2024

टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु


तीतोपाटी डटकम-सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपुर्वा तर्फ जाँदै गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीस्थित जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाहा महतोको मृत्यु भएको हो ।

संचारकर्मी महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी समेत गरेका छन्।टिपर चालक भने सर्लाही प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...