Friday 24th April 2026

इराकमा ५ नेपालीको शव अलपत्र


तीतोपाटी डटकम-काठमाडौं। नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान स्थगित गरेपछि त्यसको सबैभन्दा ठूलो असर इराकमा परेको छ। नेपाल सरकारले युद्धग्रस्त मुलुक इराकमा जान नेपालीहरूलाई रोक लगाएको छ। तर, आकर्षक तलबको लोभमा आफ्नो ज्यानलाई हत्केलामा राखेर नेपालीहरू विभिन्न देश हुँदै अवैधानिक रुपमा इराक पुग्ने गरेका छन्।

अहिले इराकको कुर्दिस्तानमा मात्र ५ नेपालीको शव अड्किएको अवस्थामा छ। कोरोना महामारीका कारण सरकारले बैशाख २० देखि अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ।

यतिबेला कुर्दिस्तानमा सिन्धुपाल्चोक सिम्पलकाभ्रे–९ मानेडाँडाकी ४४ वर्षीया चिनीमाया तामाङ, सिन्धुपाल्चोककै ४० वर्षीय राधामाया तामाङ, रसुवाकी ३३ वर्षीया साङ्मु तामाङ, रसुवाकै २५ वर्षीय छिरिङ्ग तामाङ, र अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्दा इराक र इरानको सिमावर्ती क्षेत्रमा अज्ञात समूहले हानेको गोली लागेर मृत्युवरण गरेका एक युवाको शव अड्किएको हो।

चिनिमाया तामाङ विगत सात वर्षदेखि इराकको कुर्दिस्तानमा काम गर्दै आएकी थिइन। उनको सुलेमानीस्थित तवाली अस्पतालमा १७ मेमा मृत्यु भएको हो। उनले त्यसको केही समय अगाडी मात्रै कोरोना संक्रमणलाई जितेकी थिइन।

तर, पछि स्वास्थ्यमा समस्या देखिएपछि सुलेमानीस्थित तवाडी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको मुटुको भल्व बन्द भएको, किड्नीमा स्टोन, फोक्सोमा पानी जमेको रिपोर्ट आएको थियो।

डाक्टरले उनलाई नेपाल लैजान सुझाव दिएपनि नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण समयमै नेपाल लैजान नसकेपछि सुलेमानीमै शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरेपछि उनको खुट्टा सुन्निने र अन्य शारीरिक समस्या पनि देखिएका थिए।

यस्तै, पेम्बा साङ्मुको १९ फेबु्रअरीमा कुर्दिस्तानको अर्बिलमा निधन भएको थियो। मृत्युअघि बग्दादबाट तीन महिनाअघि मात्र उनी कुर्दिस्तान आएकी थिइन। सडक दुर्घटनामा उनको ज्यान गएको हो।

रसुवाकै छिरिङ्ग तामाङको निधन २५ मेमा अर्बिलमै सडक दुर्घटनामा भएको थियो। गत शुक्रबार दिउँसो सिन्धुपाल्चोक घर भएकी राधामाया तामाङले कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन। उनको श्रीमान कुर्दिस्तानमै छन्।

साभार-प्रवास खबर


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...