Tuesday 22nd September 2026

कुवेतमा बिल्डिङबाट खसेर भोजपुरका प्रशन राइको मृत्‍यु


हरी कृष्ण न्यौपाने- भोजपुर घर भई कुवेतमा कार्यरत प्रशन राइको बिल्डिङबाट खसेर मृत्‍यु भएको छ। राइको कुवेतको महाबुल्ला स्थित कम्पनीकै बिल्डिङबाट खसेर १२ जुन,२०२१ शनिबार बेलुका मृत्‍यु भएको हो ।

नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम संग कुरा गर्दै भने “ राहदानी नं-०६१८२०२५ का प्रशन राइको आफु बस्ने कम्पनीकै बिल्डिङबाट खसेर मृत्‍यु भएको प्रारम्भिक जानकारी आएको छ।” मृतक राइ किचन हेल्परको रुपमा काम गर्दै आएको जानकारी आएको छ। सिलवालले थपे” कम्पनी र परिवार संग समन्वय गर्दै कानुनी प्रकृया शुरु भएको छ भने सम्बन्धित निकायले मृत्‍युको सम्बन्धमा अनुसन्धान गरिरहेको छ।”


सम्बन्धित शीर्षकहरु

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

प्रतिकृयाहरू
...